देशभर मनसुनी प्रणाली सक्रिय नभएको लगभग दुई महिना जस्तो भएपनि तराईमा भने खासे वर्षा भएको थिएन । समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ थियो । धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने तराईका किसानहरूले पानीको अभावका कारण श्रावणको दोस्रो हप्तासम्म पनि रोपाइँ गर्न पाएका थिएनन् । तर सावनको तेस्रो साता देखि भएको नियमित वर्षाले तराईका कृषकलाई राहत पुगेको महसुस गरेका छन । धान रोपाई गर्न नभ्याएका किसानहरु रोपाईमा व्यस्त भएका छन । रोपाई गरि सकेका किसानहरुले झनै राहतको अनुभुति गरेका छन ।


सुख्खा र खडेरीका कारण असार २६ गते मधेस प्रदेश सरकारले मधेसका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेस प्रदेशका विभिन्न जिल्ला हरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका थिएनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको थियो ।
तर पछिल्लो समय वर्षा नियमित हुना थाले पछि यहाँका किसान खुशि भएका छन । उत्पान कम भइ खाद्यय संकट समेत आउन सक्ने भन्दै स्थानिय किसानहरु चिन्ता व्यक्त गर्ना थालेका थिए । हालको वर्षाले यहाँका किसानलाई राहत पुग्नुको साथै धान उत्पादन समेत बृद्धि हुने आशा गरेका छन । गुलरिया नगरपालिका वडा नम्बर ८ का किसान जिवन लोध भन्छन “आकाशे पानी नपर्नाले किसानहरु धेरै नै चिन्ता गरेका थिए, तर ३ं–४ दिन देखीको लगातारको वर्षातले आकाशे पानीको भरमा रहेका किसानलाई निक्कै राहत पुगेका छ ।” लोध थप्छन “अहिलेको अवस्थामा पानी पुगेको छ यस्तै समय समयमा नियमित वर्षा भए धानको लागी राम्रो हुने छ, तर मलको चरम अभाव छ, यस तर्फ सरकारले चाँडै पहल गरे किसानलाई थप खुशि हुने थियो ।”
धान खेतीका लागी हजारौंको डिजल खर्च गरेर पानी लगाए पनि पुगेको थिएन” गुलरिया ७ का किसान सुरेश यादवले सुनाए । सिंचाईका लागी सुविधा नपुगेका स्थानमा वर्षामा २ दिनको पानीले खेतलाई राम्रो भएको यादव बताउँछन । सिंचाई सुविधा भएको स्थानका किसानहरु समेत आकाशे पानीको पर्खाइमा थिए । तर यादवले पानी मलकै समास्या भएको सुनाए । सहकारीहरुमा मल आएको खबर पाउने वित्तिकै पुगेपनि दिनभरि लाइन लागेपनि आवश्यक मल नपाएको यादवले गुनासो पोखे ।
सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले किसानको माग अनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव हरेक वर्ष झेल्दै आएका छन् । बर्दियामा प्रत्येक वर्ष धान खेतीका लागी १२ हजार मेट्रिक टन युरिया आवश्यक पर्दछ । किसानलाई आवश्यक पर्ने मल माग गरिएको भएपनि हाल सम्म ६ सय ८३ दशमलव ६८१ मेट्रिक टन मात्र आएको हुनाले मलका अभाव कायमै रहेको कृषि सामग्री लिमिटेड बर्दियाका प्रमुख लाल बहादुर थारुले जानकारी दिए ।




