• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बहुविवाहलाई मान्यता दिनु हुँदैन : उपमेयर भट्टराई

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण १९, सोमबार १५:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णत : निषेध रहेको बहुविवाह लाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको छ । विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागिएको हो । कानुन मन्त्रालयले यसको मस्यौदा तयार गरिसकेको छ ।


    पछिल्लो समय चर्चा चलेका यी र यस्ता खवरले सम्पुर्ण नेपाली महिलालाई अत्यन्तै चिन्तित बनाएको छ । महिला हिंसाले थिल¥थिलो पारेको समाजमा यो प्रावधानले कति महिलाहरूलाई मर्न बाध्य बनाउने हो कल्पना गर्न सकिन्न ।
    बहुविवाह कानुनी रूपले दण्डनीय र सामाजिक रूपले परित्याज्य रहेको कुरा भर्खर स्थापित हुदैछ तर पनि विवाह इतर सम्बन्ध राखेर घरमा श्रीमती र छोराछोरी लाई वेवास्ता गरेर असाध्यै ठूलो मानसिक यातना दिनेको संख्या कति धेरै छ । त्यो पिडा भोग्नेलाई थाहा छ र पिडा देखेकाहरूले मात्र अनुभूति गर्न सक्छन ।
    जति नै पिडा परेपनि सहन बाध्य पारिएका महिलाहरू मूलुकी अपराध सहिता लागुभएपछि विवाह इतर सम्बन्धका कारण शारीरिक, मानसिक पिडा भोगेका धेरै महिलाहरू पिडा बोकेर न्यायिक समितिमा आउनुहुन्छ । कानुनका यहि दफा देखाउदै दोश्रो विवाह कानुनले बर्जित गरेको छ यो दण्डनीय अपराध हो कुनै हालतमा विवाह दर्र्ता हुदैन भनेर केहि परामर्श र सान्त्वना दिएर पठाउछैो, श्रीमानलाई खवरदारी गरेर कतिपयबाट खर्च पठाउने व्यवस्था पनि गरेका छैो ।

    पैसा र गरिवीको फाइदा उठाउदै सुगर ड्याडि बन्नेहरूको लर्को देखिएको यो समाजमा घरमा श्रीमती हुदाहदै बाहिर सम्बन्ध राख्न छुट दिने ? यस्तो पश्चगामी निर्णयतिर फर्किन मिल्छ ? यदि सम्बन्धबाट बच्चा भयो भने कानुनी रूपमा दोस्रो विवाहले मान्यता पाउने हो भने पुरूषहरू झन छाडा र महिला झन् पीडित हुने अवस्था आउन सक्छ।

    कानुनमा यो छिद्र छोडियो भने फेरि कैयै महिला यातनाको शिकार हुनुपर्नेछ । यो कानुन संशोधनले महिलालाई सुरक्षा दिनुको सट्टा झन् असुरक्षित बनाउने छ। यस्ता कुराले समाजमा गलत सन्देश दिनेछ । कुनै पनि सभ्य समाजमा दुई वटा विवाह हुनै सक्दैन । यो त कानुनको दुरुपयोग गर्ने खुला ढोका हो। बहुविवाह प्रतिबन्ध हुनुको त्यही कुरा उल्ट्याउन खोज्नु गम्भिर अपराध हो । पुरुषले जे गरे पनि हुने, महिला चाहिँ सधैं सहनुपर्ने यो कानुन सह्य छैन, बहुविवाहलाई सजिलो बनाउने होइन, अन्त्य गर्नेतर्फ ध्यान जाओस् ! यो त महिला अधिकारको ठाडो अपमान हो।

    आउनुहोस सवैले खवरदारी गरैो, आवश्यक परे ७५३ स्थानीय तहका जनप्रतिनिधि मात्र हैन सवै महिला संसद घेराउ गर्नका लागि जान तयार बनेर बसैो । खवरदार संसदमा यो विषयको उठान कुनै पनि हालतमा सहय छैन । महिला माननीय ज्यूहरूको बुलन्द र शसक्त प्रतिकारपुर्ण आवाज उठोस ।

    Post Views: 276
    प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १५:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.