भारतबाट लागू औषध लिएर नेपाल प्रवेश गर्ने क्रममा एक भारतीय महिलालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले बुधबार दिउँसो १ बजे बढैयाताल गाउँपालिका वडा नम्बर ७ कण्ठपुरस्थित सीमा क्षेत्रबाट आउँदै गरेकी भारत बहराइच जिल्ला बलैगाउँकी ५० वर्षीया जगदैया देवी थारूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।
साइकलमा आईकी थारुलाई प्रहरीले चेकजाँच गर्दा उनले लगाएको कालो टाउजरको भित्री भागमा प्लास्टिकमा राखिएको लागू औषध ब्राउन सुगर शुद्ध तौल ४ ग्राम ९४० मिलिग्राम लागुऔषध फेला परेको प्रहरी नायव उपरीक्षक डमरपालले बताए ।
प्रहरीले उनलाई लागू औषध सम्बन्धी कसूरमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद लिएको छ ।




