प्रत्येक बर्ष साउन र भाद्र महिनामा सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गर्नुपर्ने व्यवस्था रहेकोमा ठाकुरबाबा नगरपालिका २ नम्बर वडा कार्याालयले समाजिक सुरक्षा भत्ता नविकरण गर्न घरदैलो मा पुगेको छ ।


बृद्ध बुवा आमाहरुको नविकरण गर्न जाँदा हुने कठिनाईलाई मध्यनजर गर्दै बृद्ध बुवा आमाहरु लाई समाजिक सुरक्षा भत्ता कार्ड नविकरण गर्न कर्मचारी एवम् जनप्रतिनिधीहरु टोल टोल पुगेको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कमद प्रसाद चपाईले जानकारी दिए ।
ठाकुरबाबा नगरपालिका वडा नं. २ को आयोजना गरिएको नविकरण कार्यक्रममा पहिलो दिन आम्बासाका ६७ जना बृद्ध बुवा आमाहरुको कार्ड नविकरण गरिए को चपाईले बताए ।




