• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा सवारी दुर्घटनामा आर्थिक बर्ष २०८१/०८२ मा ३८ जनाको मृत्यु

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण ५, सोमबार १८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया जिल्लामा गत आर्थिक बर्ष २०८१/०८२ मा सवारी साधन दुर्घटनामा ३८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।


    गत आर्थिक बर्षमा ४ सय ८२ सवारी साधन दुर्घटना भएकोमा ३८ जनाको मृत्यु भएको र ७ सय ५८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्काले बताए ।

    दुर्घटना बढि हुनुमा सवारीसाधन तिव्रगति चलाउनु, सवारीसाधनहरुले ट्राफिक नियम को उल्लङ्घन गर्नु र ग्रामिण भेगमा मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउदा दुर्घटना बढि हुने गरेको पछिल्लो घटना क्रमले देखाएको समेत प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।

    दुर्घटना न्यूनिकरणका लागि बर्दिया ट्राफिक प्रहरी कार्यालयले जिल्लाका हरेक विद्यालयका विद्यार्थीहरु माझ ट्राफिक सम्बन्धित जनचेतनामुलक कार्यक्रमहरु गर्ने, सम्भावित दुर्घटना हुने स्थान राजमार्ग छेउका स्थानीहरुलाई एकिकृत गरि राजमार्गमा दुर्घटना न्यूनिकरणका लागि हरेक गाँउ हरुमा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु गरिएको र सवारीसाधनका चालक र सहचालकहरुलाई निरन्तर ट्राफिक नियम सम्बन्धित जनचेतना कार्यक्रमहरु संचालन गरिरहेको समेत बर्दिया ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक खड्काले भने ।

    प्रहरी निरिक्षक खड्काका अनुसार गत आर्थिक बर्षमा १२ हजार ३ सय २५ सवारीसाधनलाई कारवाही गरिएको र सवारीसाधन कारवाही गरे वापत ९३ लाख ६७ हजार ५ सय १ रुपैया राजस्व संकलन भएको समेत उनले बताए । पछिल्लो क्रममा अनलाइन (टि.भी.आर.एस.) प्रविधि आए संगै राजस्वमा भने कमि देखिउको छ ।

    Post Views: 226
    प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १८:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.