बर्दिया, साउन १ गते / बर्दियाको बबई नहरमा मृत अवस्थामा एक बालकको शव फेला परेको छ। बारबर्दिया नगरपालिका वडा नं ७ राजिटोल स्थित बबई सिचाई नहरको साइफनमा पुल मुनि जालि लगाईएको ठाउमा बिहिबार बिहान ११.३० बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्मरपालले जानकारी दिए ।


बारबर्दिया नपा वडा नं ३ बनगाई बस्ने भोला थारुका छोरा १४ वर्षीय यश कुमार थारुको शव नहरमा फेला परेको डमरपालले भने ।
बालक असार ३२ गते बुधबार गेम खेल्न भनी घरबाट निस्केको जानकारी प्राप्त भएको समेत डमरपालले बताए । घटनाको थप अनुसन्धान भइरहेको डम्मरपालले जानकारी दिए ।




