पर्यावरणीय सन्तुलनमा प्रतिकुल प्रभाव परेका कारण प्राकृतिमा अहिले असमन्जस्यता देखा परेको छ । अतिवृष्टि, अनावृष्टि, खण्डबृष्टि जस्ता अनियमितता दिनप्रतिदिन बढी रहेका छन् । गर्मीको प्रभावले जनजीवन कष्टकर हुदै छ । बाढी पहिरो जन्य प्रकोपले जनधनको क्षति हुने क्रम बढ्दो छ । बढ्दो सहरीकरणका कारण प्राकृतिक स्रोत साधनको बढ्दो दोहनले वातावरणलाई प्रतिकुल प्रभाव पर्ने क्रम जारी छ । प्राकृतिमाथि अत्यधिक मानवीय अतिक्रमणले जीवन कष्टकर हुने अवस्था निरन्तर बढ्दै छ । जुन रूपमा पर्यावरणमा क्षति पुगेको छ, तुलनात्मक रूपमा त्यसको बदलामा पर्यावरणीय सन्तुलनमा योगदान पुर्याउने काममा राज्य र सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।


पक्की सडकका दायाँबायाँ रुख रोप्ने र संरक्षण गर्ने काम गर्ने काम गर्नेतर्फ कसैको ध्यान पुगेको छैन । विभिन्न दिवस तथा समारोहमा आयोजना गरिने बृक्षारोपणमा रोपिने रुखको संरक्षण गर्न पनि सरोकारवालाको जिम्मेवारी देखिदैन ।शहरीकरणले मात्र समाजको समुन्नति हुदैन, समाजको समुन्नति र सौन्र्दर्य बढाउन पर्यावरणको संतुलन अपरिहार्य हुन्छ । उजाड सहरमा असभ्यता प्रतिविम्बित हुन्छ । प्रकृतिको नैसर्गिक सौन्र्दर्यमा जीवनको आनन्द निहित रहन्छ, तसर्थ समाजलाई स्वस्थ राख्न अनि बसेको ठाउँलाई सुरक्षित राख्न पर्यावरणीय सौन्दर्यको प्रबद्र्धन गरौ ।




