• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया जिल्ला अदालतमा सम्बन्ध विच्छेद र लागुऔषधका मुद्दा सर्वाधिक,नयाँ भवन निर्माणका लागि १३ कठ्ठा २ धुर जग्गा प्राप्त, १८ महिना नाघेका मुद्दा शून्य

  •  अजय चापागाई
  • २०८२ असार ३२, बुधबार ०८:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आर्थिक वर्ष २०८१/०८२ मा बर्दिया जिल्ला अदालतमा सम्बन्ध विच्छेद र लागुऔषध सम्बन्धी मुद्दाको संख्या उच्च देखिएको छ । अदालतले मंगलबार पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार वर्षभरिमा १४ सय ५० नयाँ मुद्दा दर्ता भएका छन् ।


    दर्ता मुद्दामध्ये सम्बन्ध विच्छेदका ४ सय १३ मुद्दा दर्ता भएकामा ३ सय ५६ मुद्दाको टुंगो लागिसकेको र ५७ मुद्दा बाँकी रहेको बर्दिया जिल्ला अदालतका २ नम्बर फाँटका ध्यायधीस मनोज श्रेष्ठले जानकारी दिए ।

    साथै लागुऔषधसम्बन्धी १ सय ४८ मुद्दा मध्ये १ सय ३५ मुद्दा फछ्र्यौट भइसकेका छन् भने १३ मुद्दा बाँकि रहेका श्रेष्ठले बताए । जवरजस्ती करणीका ४९ मुद्दामध्ये ३२ टुंगो लागेको र १७ मुद्दा बाँकी रहेको श्रेष्ठले जानकारी दिए ।

    अदालतका अनुसार १८ महिना नाघेका र २ वर्षभन्दा पुराना कुनै मुद्दा बाँकी नरहेको उनले भने ।

    अदालतले नेपाल सरकारबाट गुलरिया नगरपालिका वडा नं. ५ मा १३ कठ्ठा २ धुर जग्गा प्राप्त गरेको समेत न्यायधीस श्रेष्ठले बताए । “पुरानो अदालत भवन जीर्ण तथा अपर्याप्त भएकाले नयाँ भवन निर्माण प्रक्रिया अघि बढाउन आवश्यक नक्सा डिजाइन तयार गरी सर्वोच्च अदालतमा निर्णयका लागि पठाइएको छ ।” ध्यायधीश श्रेष्ठले बताए ।

    अदालतले न्यायिक सेवा प्रवाह लाई सर्वसाधारणसम्म पु¥याउन गेरुवा गाउँपालिका र बाँसगढी नगरपालिकामा न्यायिक संवाद कार्यक्रम गरेको छ । साथै, “न्यायाधीशसँग सेवाग्राहीको भेटघाट” कार्यक्रम विभिन्न समयमा गरि १२ पटक सम्पन्न गरिएको १ नं. फाँटका ध्यायधीश डल्लुरामचौधरीले जानकारी दिए ।

    Post Views: 562
    प्रकाशित मिति: २०८२ असार ३२, बुधबार ०८:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.