प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत परियोजना कार्यान्वय एकाई बर्दियाले आर्थिक वर्ष २०८१/०८२ भरी गरेका कामहरुको अन्तर निकाय समुक्त अनुगमन गरेको छ ।


असार २६ गते बर्दिया जिल्लामा संचालित जोन तथा सुप्ररजोन हरुको अनुगमन गरिएको छ, भने असार २७ गते बाँके जिल्लामा समुक्त अनुगमन गरिने परियोजना कार्यान्वय एकाई बर्दियाका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत विरेन्द्र राज पराजुलीले बताए ।
बर्दियाको अनुगमनमा राजापुर नगरपालिका र गेरुवा गाँउपालिकामा सञ्चालित धान जोन, गुलरिया नगरपालिकामा सञ्चालित केरा जोन र बढैयाताल गाँउपालिकामा सञ्चालित माछा जोन लगाएको अनुगमन गरिएको परियोजना कार्यान्वय एकाई बर्दिया का सूचना अधिकारी युवराज वि.क.ले जानकारी थिए ।
बर्दिया जिल्लामा भएको अनुगमनमा राजापुर नगरपालिका वडा नम्बर ८ धोविनपुरमा रहेको गणेशबाबा एग्रो सिड कम्पनी लि.मा राईस मिल सञ्चालन गर्नको लागि परियोजनाले १५ लाख अनुदान दिएको कुरा सोहि कम्पनीका अध्यक्ष शर्मा चौधरीले बताए । त्यसगरी परियोजनाले धानको विउ उत्पादनमा बोरामा लोगो राख्दै ब्राणिङमा अनुदान दिएको समेत अध्यक्ष चौधरीले जानकारी दिए ।

गेरुवा गाँउपालिका–१ मा रहेको सयपत्री कृषि सहकारी सस्था लि.लाई कम्वाईन हार्बटर (धान काट्ने मेसिन) र बेलर (पराल डल्लो पार्ने) मेसीनको लागि १५ लाख अनुदान दिएको उक्त सहकारीका अध्यक्ष लाल बहादुर थारुले बताए । यस्तैगरी गेरुवा–४ गिदरपुरमा २० विघा जमिनमा चक्लावन्दी गरिएको स्थानमा परि– योजनाले ६ वटा पावर टेलर, १ वटा थृेसर, ९ टेङ्गी र ३ कटर मेसिन दिएको परियोजना कार्यान्वय एकाई बर्दियाका प्रमुख पराजुलीले बताए ।

राजापुर नगरपालिका वडा नम्बर ५ पहाडीपुर अवस्थित बसन्त साना किसान कृषि सहकारी संस्था लि.मा खाद्य गोदाम तथा घर निर्माणमा परियोजनाले १० लाख अनुदान दिए कार्य सम्पन्न भएक सोहि सहकारी संस्थाकी अध्यक्ष प्रतिमा चौधरीले बताईन् ।

यस्तैगरी गुलरिया नगरपालिकामा सञ्चालित केरा जोनमा परियोजनाले केरा विरुवा, सिचाई मोटर, ट्याकी लगाएत कृषि सामाग्रि अनुदानमा दिएको केरा किसान हिमनाथ योगीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई बर्दियाले मत्स्य पालनमा पोखरी निर्माणमा, बजारीकरणमा, माछाका भुरा लगाएतमा अनुदान दिएको कुरा मत्स्य पालन जोनका अध्यक्ष ईन्द्र प्रसाद लुईटेलले बताए ।
अन्तर निकाय सयुक्त अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादु विष्ठ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई बर्दियाका प्रमुख विरेन्द्रराज पराजुली एवम् कर्मचारी हरु, बर्दियामा सञ्चालित जोनहरुका अध्यक्ष एवम् प्रतिनि–धीहरु, सञ्चारकर्मी लगाएतको टोलीले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले परियोजनाले बर्दियाका किसानहरुलाई उत्पादन लागत घटाउन विभिन्न किसीमका अनुदान कार्यक्रम सञ्चालन गरेको पाईएको छ ।




