• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हतियार नवीकरण प्रक्रियामा नयाँ व्यवस्था : अब हतियार प्रशासन कार्यालय ल्याउनु नपर्ने

  •  अजय चापागाई
  • २०८२ असार २६, बिहीबार १९:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै हतियार (बन्दुक) नवीकरण प्रक्रियामा नयाँ व्यवस्था लागू भएको जानकारी गराएको छ । अबदेखि हतियार नवीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा ल्याउनु नपर्ने व्यवस्था गरेको हो ।


    हातहतियार खरखजाना ऐन तथा नियमावली बमोजिम हरेक आर्थिक वर्षमा हतियार नविकरण गर्नुपर्ने प्रावधान छ । तर, हतियार ल्याएर कार्यालयमा आउँदा सर्वसाधारणमा नकारात्मक असर पर्ने गुनासो बढेपछि नवीकरणमा नँया व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक जिल्ला अधिकारी रोशन कुमार कठायतले सूचना मार्फत जानकारी दिएका छन् ।

    नयाँ व्यवस्थाअनुसार बन्दुक धनीहरूले नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा गई आफ्नो हतियारको चेकजाँच गराउनु पर्नेछ । त्यहाँबाट प्राप्त चेकजाँच फारम र लाइसेन्स सहित जिल्ला प्रशासन कार्यालयमा आएर नवीकरण प्रक्रिया पूरा गर्न सकिने व्यवस्था मिलाएको कुरा अधिकारी कठायतले जानकारी गराएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय बर्दियाले सबै हतियार धनीहरू लाई समयमै चेकजाँच गराई नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

    Post Views: 257
    प्रकाशित मिति: २०८२ असार २६, बिहीबार १९:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.