• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षा अब जीवनस्तरसँग : उद्यमशिलता र रोजगारीमुखी शिक्षामा जोड, शिक्षामा लगानीले भविष्य सुनिश्चित गर्छ

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २५, बुधबार ०९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ / लुम्बिनी प्रदेश सरकारले शैक्षिक गुणस्तरलाई प्रत्यक्ष जनजीवनसँग जोड्ने गरी नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा प्रणालीलाई उद्यमशिलता, आयआर्जन र रोजगारीसँग सम्बन्धित बनाएर जनताको जीवनस्तर सुधारमा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् ।


    सोमबार राप्ती उपत्यकाको देउखुरीमा शिक्षा विकास तथा समन्वय इकाईसँगको समन्वयमा आयोजित समीक्षा बैठकमा मन्त्री तिमिल्सिनाले भने, “शिक्षामा लगानीले भविष्य सुनिश्चित गर्छ, त्यसैले शिक्षालाई जीवनोपयोगी सीपसँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ ।” मन्त्रि तिमिल्सिनाले भने ।

    उनले सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षलाई मजबुत बनाएर मात्र शैक्षिक वातावरण सुधार्न सकिने उल्लेख गर्दै शिक्षा क्षेत्रमा तीनै तहका सरकारको लगानी आवश्यक भएको बताए । “शिक्षामा गरिएको लगानीले तुरुन्तै नतिजा दिन्न, तर यसको प्रभाव दीर्घकालीन हुन्छ,” उनले स्पष्ट पारे ।

    शिक्षित बेरोजगारीले सिर्जना गरेको चुनौतीप्रति चिन्ता व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले युवालाई स्वरोजगारमुखी बनाउने गरी कार्यक्रम अघि बढाएको बताए। उनले शिक्षा र सीप विकासलाई जीवनस्तरसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिँदै भने, “शिक्षा नै चेतनाको आधार भएकाले यसमा लगानी र प्राथमिकता बढाउनु जरुरी छ।”

    Post Views: 394
    प्रकाशित मिति: २०८२ असार २५, बुधबार ०९:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.