• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नागरिक उन्मुक्ति विपक्षमा बसे पनि राज्यमन्त्री चौधरीले दिएनन् राजीनामा

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २५, बुधबार ०९:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली लाई दिएको समर्थन फिर्ता लिए पनि उन्मुक्तिका पर्यटन राज्यमन्त्रीले मंगलबार बेलुकासम्म राजीनामा दिएका छैनन् । उन्मुक्तिको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राज्यमन्त्री अरुणकुमार चौधरी लाई राजीनामा दिन निर्देशन दिइसकेको छ ।


    आइतबार उन्मुक्तिले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराई संसदको बैठकमा विपक्ष बेन्चमा बस्दै आएको छ । उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्री चौधरीलाई सोमबार पनि राजीनामा दिन निर्देशन दिएको जानकारी दिँदै ढिला गर्नुको कारण थाहा नभएको बताइन् ।

    ‘पार्टीले राज्यमन्त्री अरुणजी लाई राजीनामा दिन मंगलबार पनि सचेत गराएको छ,’ उनले भनिन्, ‘राजीनामा नदिनुको कारण थाहा भएन ।’ उन्मुक्ति संरक्षक रेशमलाल चौधरीले पनि राज्यमन्त्री अरुणलाई राजीनामा दिन निर्देशन गरिसकेको उनले बताइन् । ‘पार्टी सत्तापक्षबाट प्रतिपक्षको बेन्चमा बसिसकेको छ,’ उनले भनिन्, ‘राज्यमन्त्रीले राजीनामा दिने विषयमा विवाद छैन ।’

    उन्मुक्ति संरक्षक रेशमले सोमबार ओलीसँग भेट गरेपछि राज्यमन्त्री अरुणले राजीनामा दिन ढिलाइ गरेको अनुमान छ । रेशमले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसँग पनि भेटवार्ता गरेका थिए । शाहले उन्मुक्तिका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उन्मुक्ति सरकारबाट बाहिरिएको थियो ।

     

     

     

    साभार/कान्तिपुर

    Post Views: 230
    प्रकाशित मिति: २०८२ असार २५, बुधबार ०९:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.