• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा ५८.७५ प्रतिशत धान रोपाइँको काम सकियो

  •  प्रकाश पौडेल
  • २०८२ असार २५, बुधबार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियामा ५८ दशमलब ७५ प्रतिशत धान रोपाइँको काम सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । धान उत्पादनको दृष्टिकोणले बर्दियाको माटो उर्वर मानिन्छ ।


    धान खाद्यान्न बाली भएकोले बर्दियाका किसानले अधिकांशले धान खेती गर्दै आएको छ । हाल सम्म बर्दियामा ५८ दशमलब ७५ प्रतिशत धान रोप्ने काम सकिएको छ । भने अझै पनि ४१ दशमलब २५ प्रतिशत धान रोपाइँको काम बाँकी रहेको छ ।

    बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये २९ हजार ४ सय ३३ हेक्टरमा धान खेती भइसकेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । उनले भने,‘ बर्दियामा प्रतिहेक्टर ४.७ मेट्रिकटनको धान उत्पादन हुन्छ । धान उत्पादन दृष्टिकोणले बर्दिया उपयुक्त मानिन्छ । अहिलेसम्म राजापुर ७० प्रतिशत, गेरुवा ६५ प्रतिशत, बाँसगढी ६० प्रतिशत, ठाकुरबाबा ६० प्रतिशत, बढैया–ताल ५५ प्रतिशत, मधुवन ६० प्रतिशत, बारवर्दिया ६० प्रतिशत र गुलरिया ६० प्रतिशत जग्गामा धान रोप्ने काम भइसकेको छ ।’

    मौसम पूर्वानुमान महाशाखाले अनुमान गरे अनुसार वर्षा नभए–कोले धान रोप्नका लागिपानी अभाव भएको हुँदा पनि धान रोप्ने काम नसकिएको प्रमुख ढकालले बताए । उनले भने, ‘ कतिपय ठाउँमा खेत रोप्ने मानिस नपाएको पनि धान रोपाइँको काम ढिलो भएको छ ।’ गेरुवा गाउँपालिका, ४ का ४७ वर्षीय किसान सिता राम थारूले यस वर्ष धान रोप्न को लागि मान्छे नपाएको बताए । उनले भने, ‘ एकतिर मान्छे नपाउने समस्या छ । भने अर्कोतिर सरकारले आवश्यकता अनुसार मल नपठाउँदा समस्या भएको छ । खेतमा मल नहाल्दा उत्पादन कम हुन्छ । त्यसकारण सरकारले समयमा मलको व्यवस्थापन गरिदिनु पर्छ ।’

    Post Views: 194
    प्रकाशित मिति: २०८२ असार २५, बुधबार ०८:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.