• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २२, आईतवार ०७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    करिब एक वर्षको अवधिमा जिल्लामा १ सय ९९ लैंगिक हिंसा का घटना घटेको पाइएको छ । आर्थिक वर्ष ०८१/०८२ को साउन १ गते देखि असार १९ गतेसम्म १ सय ९९ लैंगिक हिंसा का घटना घटेको पाइएको हो ।


    बर्दिया अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को वार्षिक समीक्षामा शुक्रबार उक्त तथ्यांक सार्वजनिक गरिएको छ ।

    चालु आर्थिक वर्ष ०८१/०८२ को साउन देखि असार १९ गतेसम्म पुरुष ८ र महिला १ सय ९१ गरी जम्मा १ सय ९९ जना लैंगिक हिंसामा परेर ओसिएमसी मार्फत निःशुल्क सेवा लिएको अस्पताल ओसिएमसीकी सम्पर्क व्यक्ति सपना बाठा मगरले जनाइन् । ‘ओसिएमसीमा आफैं आउने १ सय २०, प्रहरीबाट ७१, गैर सरकारी संस्थाबाट ५, स्वास्थ्य चौकीबाट २, सेवा केन्द्रबाट १ जना हिंसा पिडित आएर सेवा लिएका छन्,’ उनले भनिन्,‘त्यसैगरि पीडितलाई सेवा दिइ आफन्त लाई १ सय ८, प्रहरीलाई ७२, माइती नेपाललाई ५, सेवा केन्द्र लाई ४, उपचारको लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ९ र लिगल एडप्सनमा १ जनालाई पठाइएको छ ।’

    रेपका ३४, यौन दुव्र्यवहार १७, कुटपिट ४४, बालविवाह ८९, बाँच्ने अधिकारबाट बञ्चित १, मानसिक यातना १३ र अन्य १ जना लैंगिक हिंसाबाट प्रभावित भएको देखिन्छ ।
    गुलरिया ८८, बाँसगढी ९, बारबर्दिया १८, मधुवन ३१, ठाकुरबाबा ५ र राजापुर नगरपालिमा १५ जना लैङ्गिक हिंसामा परेको देखिन्छ भने गेरुवा ९ र बढैयातालका १६ जना लैंगिक हिंसामा परेर ओसिएमसीमा सेवा लिएका छन् । त्यसैगरि बाँकेका ५, सुर्खेत, जुम्ला, रुकुमका एक एक जना लैंगिक हिंसामा परेको देखिन्छ । आठ वटै पालिका मध्ये सबै भन्दा बढी गुलरियामा लैंगिक हिंसाका घटना भएको ओसिएमसीको तथ्यांकले पुष्टि गरेको छ ।

    लैंगिक हिंसामा परेका पीडित लाई ओसिएमसीले निःशुल्क रूपमा स्वास्थ्योपचार, मानसिक एवंम् मनोसामाजिक परामर्श, कानुनी उपचार, सुरक्षा, आश्रय र पुनस्र्थापनाको सेवा तथा हिंसा नियन्त्रणमा योगदान पु¥याउने उद्देश्यले ओसिएमसीले काम गरिरहेको छ ।

    गुलरियामा लैंगिक हिंसा बढी देखिएकोले समन्वय गरी जन– चेतना फैलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘अन्य पालिकाबाट पनि ओसिएमसी मा पीडितहरू आउन सकेका छन् कि छैनन्, त्यसतर्फ ध्यान दिन जरुरी छ,’ प्रजिअ पौडेलले भने, ‘हिंसाका घटना समाजमा नलुकाएर कानुनी दायरामा ल्याउनुपर्छ ।’

    Post Views: 288
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार ०७:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.