बुटवल । अर्घाखाँचीमा दाजुले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्लाको शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह बिष्टले बताए।


प्रहरीका अनुसार दुई दाजुभाइबीच पहिलेदेखि नै विवाद भइरहने र बिहीबार राति दुवैजनाले मदिरा सेवन गरेको बेला झगडा भएको हो । दुई दाजु भाइबीच भएको आपसी झगडाले उग्र रूप लिएपछि उक्त घटना घटेको हो ।
भाइलाई बञ्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा राति नै नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।




