• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘नमुना र समृद्ध वडा बनाउँदैछौं’

  •  संजय आचार्य
  • २०८२ असार २, सोमबार १५:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ८ ले गरेको नमुना कामले स्थानीयले गाउँमै सिंहदरबार पुगेकोे अनुभूति गरिरहेका छन् । वडाले गरेका कामबारे वडा अध्यक्ष राजेश थारूसँग सञ्जय आचार्यले गरेको संवाद :

    तपाईको वडामा प्राकृतिक स्रोत हरूको अवस्था कस्तो छ ?
    – हाम्रो वडाको प्रमुख प्राकृतिक स्रोतमा अर्नहवा ताल पहिलो नम्बरमा पर्छ । यो तालको आफ्नै ऐतिहासिक महत्व छ र यसलाई सिमसार क्षेत्रको रूपमा पनि चिनिन्छ । यहाँ पुराना जातका माछाहरू पाइन्छन् । त्यस्तै, फत्तेपुर गाउँमा करीब ३ बिघा क्षेत्रफलमा फैलिएको अर्को सिमसार क्षेत्र छ, तर यो हाल उपयोगविहीन छ ।
    यी स्रोतहरूको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि के कस्ता कदम चाल्नुभएको छ ?
    – हामीले सिमसार क्षेत्रको सिमाङ्कन गरेर अतिक्रमण नियन्त्रणको प्रयास गरिरहेका छौं तर, सार्वजनिक जग्गाको सन्दर्भमा केही जटिलता छ । विधिविपरित लालपुर्जा वितरण भएको छ । जसको मालपोत कार्यालयमा श्रेस्ता नै छैन । जनताको हातमा लालपुर्जा छ, यो अनुपयुक्त छ । यसलाई समाधान गर्न या त श्रेस्ता कायम गर्नुपर्छ, नभए लालपुर्जा खारेज गर्नुपर्छ ।


    प्राकृतिक स्रोतबाट आर्थिक लाभ लिन के कस्ता काम भइरहेको छ ?

    – हालसम्म प्राकृतिक स्रोतबाट आर्थिक लाभ लिन सकिएको छैन तर, नगरपालिकाले डीपीआर तयार गरेर आगामी दिनमा काम गर्ने योजना बनाएको छ । हामीले स्थानीय स्रोतको प्रयोग र बजारीकरणका लागि बेरोजगार युवाहरूलाई ‘वडा सरकार’ कार्यक्रममार्फत तालिम दिइरहेका छौ । यसले दक्ष जनशक्तिलाई उद्यमसँग जोड्न सहयोग पुगेको छ ।
    स्रोत संरक्षण र प्रचार–प्रसारका लागि कस्ता–कस्ता किसिमका कार्यक्रम सञ्चालन भइरहेका छन् ?
    – हामीले प्राकृतिक स्रोतको सूचीकरण, अभिलेख राख्ने र अध्ययन गर्ने काम गरिरहेका छौं । संरक्षित क्षेत्रको प्रचार–प्रसार र संरक्षणविहीन सार्वजनिक सम्पत्तिको जगेर्नाका लागि सचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । सामुदायिक सहभागिताले यी कामलाई थप प्रभावकारी बनाएको छ ।
    वडामा वरघर प्रणालीले कसरी सहयोग गरेको छ ?
    – वरघर प्रणालीले हामीलाई धेरै सहज बनाएको छ । सामाजिक रूपमा समुदाय एकजुट भएर संरक्षण र विकासका कार्यमा लागेको छ । यो प्रणालीले हाम्रा प्रयासलाई थप बलियो बनाएको छ ।
    प्राकृतिक स्रोतको आर्थिक रूपान्तरणका लागि के कस्ता योजना छन् ?
    – हामीले सचेतना तालिमहरू सञ्चालन गरेर स्थानीय स्रोत को प्रयोग र सामग्री निर्माणमा जोड दिएका छौं । यी सामग्रीको बजारीकरण गर्न पनि प्रयास भइरहेको छ । हाम्रो लक्ष्य भनेको प्राकृतिक स्रोतको दिगो उपयोग गरेर वडाको आर्थिक विकासलाई गति दिनु हो ।
    अन्त्यमा, वडावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
    – हाम्रा प्राकृतिक स्रोत हाम्रो सम्पदा हुन्। यिनको संरक्षण र उपयोगमा सबैको सहभागिता जरुरी छ । हामी सबै सामुदायिक एकताका साथ अघि बढिरहेका छौं, र सबैको साथ र सहयोगले वडा नं. ८ लाई जिल्लाकै अरु वडा भन्दा नमुना र समृद्ध बनाउन सफल हुनेछौं ।

    Post Views: 229
    प्रकाशित मिति: २०८२ असार २, सोमबार १५:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.