बाँसगढी नगरपालिकास्थित देउडाकला भित्री सडकखण्डबाट बर्दिया प्रहरीले अवैध काठ र ट्रयाक्टर सहित प्रितम कुमार थारुलाई नियन्त्रणमा लिएको छ ।


प्रहरी चौकी लक्ष्मणा, बर्दिया बाट खटिएको प्रहरी टोलीले शनिबार बेलुकी करिब ८ः०५ बजे सिसम जातको ९ थान गोलिया काठ र ट्रयाक्टर भे १ त ७७३० चेकजाँचको क्रममा आवश्यक कागजात नभएपछि ट्रयाक्टर चालक प्रितम कुमार थारु सहितलाई नियन्त्रणमा लिएको कुरा जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले प्रेस विज्ञप्ति मार्फत जानकारी गराए ।

डमरपालका अनुसार बरामद काठको परिमाण करिब ८६.८३ क्युबिक फिट रहेको र सोको मूल्य अन्दाजी ५४ हजार ३ सय रुपैयाँ रहेको छ ।
उक्त घटनामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बरामद ट्रयाक्टर, काठ तथा चालकलाई सव–डिभिजन बन कार्यालय बाँसगढीमा बुझाइएको छ ।




