• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बजेटले प्रेस जगत्लाई सम्बोधन गर्न सकेन

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ १७, शनिबार १४:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल प्रेस युनियनले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटले प्रेस जगत्लाई सम्बोधन गर्न नसकेको बताएको छ । युनियनको ३४औँ स्थापना दिवसका अवसरमा शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका एवं संस्थागत क्षमता अभिवृद्धि तालिमको उद्घाटनका अवसरमा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बिहीबार प्रस्तुत बजेट प्रेसमैत्री नभएको टिप्पणी गर्नुभयो । उहाँले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई बेवास्ता गरेको बताउनुभयो । सञ्चार क्षेत्रको विकास, प्रवर्द्धन, श्रमजीवीको उत्थान, सामाजिक तथा आर्थिक सुरक्षालगायत पत्रकारको क्षमता अभिवृद्धिका लागि राज्यको अभिभावकीय भूमिका नदेखिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट भाषण आयो, तर प्रेस भन्ने शब्द आएन ।

    हामीलाई राज्यले प्रेस जगत्मा गरेको लगानीको हिसाब–किताब चाहियो ।” सरकारले अब पनि यसैगरी बेवास्ता गरिरहे प्रेस युनियन आन्दोलनमा जान बाध्य हुने उहाँको भनाइ थियो । यसैबीच उहाँले २०८३ सालको साउन ६ गते युनियनको केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने र त्योभन्दा अघि प्रदेश र जिल्लाको अधिवेशन सक्ने निर्णय भएको जानकारी दिनुभयो । प्रेस युनियन बागमती प्रदेश अध्यक्ष युवराज पुरीको अध्यक्षतामा सुरु भएको दुईदिने तालिम उद्घाटन समारोहमा नेपाल सरकारका पूर्वसूचना तथा सञ्चारमन्त्री एवं कांग्रेस नेता डा मिनेन्द्र रिजाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झालगायत वक्ताहरूले पत्रकारितालाई विश्वसनीय, मर्यादित र परिणाममुखी बनाउन गुणस्तरीय सामग्री उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रेस युनियनबाट पत्रकार महासङ्घ बागमती प्रदेश र प्रदेशअन्तर्गत रहेका जिल्ला शाखाहरूमा निर्वाचन अध्यक्ष र पदाधिकारीहरूलाई सम्मानसमेत गरिएको थियो ।

    Post Views: 208
    प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार १४:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.