• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

“गणतन्त्रको आगनमा राजतन्त्रको वहस”

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८२ जेष्ठ १५, बिहीबार ०९:२७ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    सामन्यतया कुनै राष्ट्र जहाँ राजा हुदैनन् ,शासन सत्ता जनताका प्रतिनिधिले गर्छन् ,त्यस्तो मुलुकको शासन व्यवस्थालाई गणतन्त्र भनिन्छ ।

    गणतन्त्रमा नागरिक सर्वोच्च हुन्छन् ,सार्वभौमसत्ता जनतामा निहित रहेको हुन्छ र आफ्नो मताधिकारबाट नागरिकले प्रतिनिधि चयन गर्दछ्न,तिनले नागरिकका तर्फबाट ,नागरिकका लागि नागरिक माथि शासन गर्दछ्न।

    मानव जातिले विकास गर्दै आएको सभ्यताको इतिहास हेर्ने हो भने लोकतान्त्रिक गणतन्त्र अहिलेसम्मकै समुन्नत शासन व्यवस्था हो ।गणतन्त्र वास्तवमा समुन्नत लोकतन्त्र हो,उन्नत अवस्थाको प्रजातन्त्र हो।लोकतन्त्रका सन्दर्भमा एउटा मान्य भनाइ छ कि कहिल्यै पनि लोकतन्त्र पूर्ण हुँदैन ।

    यो निरन्तर परिशीलन हुदै जाने पद्धति हो।लोकतन्त्र एउटा जीवन पद्धति पनि हो जसले नागरिकको जीवन शैली एवम् आचरणमा सहिष्णुता ,सहनशीलता र समानताको अपेक्षा गर्दछ।हठात भएको व्यवस्था परिवर्तनले मात्र नागरिकमा यी सद्गुणको विकास गर्न सक्दैन ।

    राजनैतिक व्यवस्था परिवर्तन पश्चात् मुलुकमा तदनुकुल पद्धति र आचरणको विकास गर्न आर्थिक ,सामाजिक र सान्स्कृतिक क्रान्तिको आवश्यकता हुन्छ ।हामीले संसारका क्रान्तिका इतिहास हेर्यौ भने यस्तै रोचक दृष्टान्त भेटाउछौ।

    आजका युरोप र अमेरिकी लोकतन्त्र त्यत्तिकै समृद्ध भएका छैनन्् ।बेलायतको गौरवमय क्रान्ति ,राजतन्त्रको विस्थापन र पुनस्थापना आफ्नै र मौलिक प्रकृतिको छ।फ्रान्सेली राज्य क्रान्तिको रक्तरन्जित इतिहास लोकतान्त्रिक आन्दोलनको इतिहासमा प्रेरणादायी छ।लोकतान्त्रिक आन्दोलनका हिमायतीहरुको दायित्व कुनै व्यवस्था परिवर्तन गरेरमात्र पूरा हुदैन ।पद्धति बसाल्न समेत कठोर संघर्ष गर्नुपर्ने हुन्छ ।

    राष्ट्रले नैतिकवान तथा त्यागी राजनेताको अपेक्षा गरेको हुन्छ ।भारतीय स्वतन्त्रता सङ्ग्राममा महात्मा गान्धीले देखाएको सत्याग्रही र भोगको लालसारहित राजनीतिले अहिलेसम्म त्यहाँको राजनीतिलाई मार्गनिर्देशन गरिरहेको छ।
    हाम्रो देश नेपालमा औपचारिक रूपमा गणतन्त्रको वहसले २००७ सालको क्रान्तिमा प्रवेश पाएको थियो ।तत्कालीन राजा त्रिभुवनले एक शाही घोषणा मार्फत अबको शासन जनताद्वारा निर्वाचित प्रतिनिधिले बनाएको गणतान्त्रिक विधान अनुसार हुनेछ भनेर बोलेका थिए तर उनले आफ्नो बचन पालन गरेनन् ।जनतामा उन्नत चेतना थिएन त्यसैको आडमा राजाले प्रजातन्त्रलाई कम्जोर बनाए ।

    अन्ततः राजा महेन्द्रले २०१७ सालमा प्रजातान्त्रिक व्यवस्थाको हत्या गरे ।मुलुकले ३० बर्ष पन्चायत नामको निरङ्कुश राजाको शासन भोग्यो।२०४६ को जनआन्दोलनले राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापित गर्‍यो ।नेपालका राजाले प्रजातान्त्रिक पद्धतिलाई अङ्गीकार गर्न सकेनन् ।वामपन्थी तथा दक्षिणपन्थी शक्तिको दोहोरो प्रहार २०४७ को सम्बिधानले थेग्न सकेन।यो सम्बिधान दुबै शक्तिका लागि अस्वीकार्य सावित भयो ।

    माओवादी सशस्त्र विद्रोह र मुलुकमा विद्यमान अशान्तिलाई देखाएर राजाले प्रगमन गरे र निरङ्कुश सत्ताको अभ्यास गर्न थाले ।जागरुक जनता निरङ्कुश सत्ताको पक्षमा थिएनन् ,परिणामस्वरूप सम्पूर्ण अग्रगमन पक्षधर राजनैतिक शक्तिको एकीकृत शक्तिले राजतन्त्रलाई सदाका लागि अन्त गर्यो।नेपाली क्रान्तिको यो संयोजन र व्यवस्थापन विश्वको राजनैतिक रङ्गमन्चमा रोचक र प्रेरक परिघटनाका रूपमा अङ्कित छ।तत्कालीन सात राजनैनिक दल र विद्रोही माओवादीका साझा नेता गिरिजाप्रसाद कोइरालाले निर्वाह गरेको नेतृत्वदायी भूमिका नेपालको राजनैतिक इतिहासमा अविस्मरणीय छ।
    गणतन्त्र स्थापनापछि मुलुकमा आशा र उत्साहको जुन सकारात्मक विचार प्रवाहित हुनुपर्थ्यो,हुन सकेन।गणतन्त्रात्मक सम्बिधानले आत्मसात मूल्य र पद्धतिलाई जीवनमा अनुवाद गर्न सकिएन ।अपेक्षाकृत रूपमा आर्थिक विकास गरी जनताको जीवनमा रुपान्तरण ल्याउन सकिएन ।लोकतान्त्रिक मूल्य अनुरुपको सामाजिक ,साम्स्कृतिक रुपान्तरण अभियान सन्चालन गर्न सकिएन ।लोकतान्त्रिक आन्दोलनमा होमिएका नेता र कार्यकर्ताहरुले आफ्नो चरित्र र जीवन लोकतान्त्रिक बनाउन सकेनन् ।

    नयाँ पुस्तालाई इतिहास र लोकतान्त्रिक साहित्य बारे अवगत गराउन सकिएन ।भ्रष्टाचार बढेको ,सुशासन कमजोर भएको ,नेता र जनप्रतिनिधिहरुको जीवन विलासी भएको,जस्ता कुराहरू जोड्तोडले सतहमा आउन थाले ,परिणामस्वरूप परिवर्तन नचाहने तत्वहरु लोकतन्त्र विरुद्ध नै विष वमन गर्न थाले ।अहिले लोकतन्त्रको आगनमा राजतन्त्र पुनस्थापनाको वहस चलिरहेको छ।बेलायती एक प्रशिद्ध भनाइ छ,लोकतन्त्र त्यस्ती जननी हुन् ,तिनको कोखमा तिनैको हत्या गर्ने सन्तान पनि हुर्कन पाउछ ।हामीले बुझ्नुपर्छ, लोकतान्त्रिक व्यवस्थामा सबै बाच्न पाउछन् ।आफ्नो आचरण र देशको अवस्था बदलौ ,गणतन्त्र दिवसमा शुभकामना ।

    Post Views: 355
    प्रकाशित मिति: २०८२ जेष्ठ १५, बिहीबार ०९:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.