बैकल्पिक खेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ वन्यजन्तु पिडित कृषकहरुलाई १० हजार किलोग्राम बेसारको विउ वितरण गरिएको छ ।

वन्यजन्तुबाट हुने क्षेत्री न्यूनिकरणका लागि बैकल्पिक खेती प्रवद्र्धन गर्ने उद्देश्यका साथ’ZSL Nepal’ को सहयोगमा उज्यालो नेपाल द्वारा सन्चालित ‘Championing change: Living in harmony with wildlife in lowland Nepal’ परियोजना अन्तर्गत करीब १० हजार किलोग्राम बेसारको बिउ वन्यजन्तु पिडित कृषकहरुलाई हस्तान्तरण गरिएको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताए ।
जंगल छेउ बस्ने वन्यजन्तु पिडित स्थानीयहरु सदैव वन्यजन्तुले लगाएको बालीनालीमा क्षति पु¥याउने गरिरहने हुदा वन्यजन्तुले क्षति नगर्ने बालिको पहिचान गरि बेसार खेति गर्न कृषकहरुलाई बेसारको वीउ सहयोग गरिएको न्यौपानेले जानकारी दिए ।
बेसारका वीउहरु गेरुवा गाँउ पालिका ६ का वन्यजन्तु पिडित हरुलाई ४ हजार २ सय किलो, ठाकुरबाबा नगरपालिका बाड नं ३ को गोदनाका वन्यजन्तु पिडितहरुलाई ५ हजार किलो र मधुवन नगरपालिका बाड नं १ स्थित सुर्यपटुवाका स्थानीय वन्य–जन्तु पिडित उपभोक्ताहरु लाई वीउ हस्तान्तरण गरिएको समेत अध्यक्ष न्यौपानेले भने । बेसार जंगली जनावरले पनि नखाने र क्षति पनि नगर्ने हुदा बेसार खेति प्रर्ति उपभोक्ता कृषकहरु पनि यस बेसार खेति प्रर्ति आकर्षित रहेको न्यौपानेले बताए । कृषकहरुले बेसार खेति गरि उत्पादन गरेका बेसार बजारीकरणमा पनि हामीले सहजीकरण गरिरहेको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौ–पानेले बताए । बिगत १ दशक देखि उज्यालो नेपालले बर्दियाका बिभिन्न क्षेत्रमा मानव वन्यजन्तु न्यूनिकरणका लागि कार्यहरु गरिरहेको संस्था हो ।




