ठाकुरबाबा/ठाकुरबाबा नगरपालिकाले विपन्न परिवारका लागि १ सय २ घर निर्माण अन्तिम चरणमा पुगेको छ ।


विन परियोजना र स्थानीयको साझेदारीमा ठाकुरबाबा नगरपालिकाका ९ वडामा घरहरू निर्माण गर्न लागिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए ।
विन परियोजना अन्तर्गत ऊर्जा प्रभावकारी र वाता–वरणमैत्री भवनमा मुक्त कमैया, बाढीपीडित, द्वन्द्वपीडित, अपांगता भएका लगायतका परिवारका लागि पालिकाको आर्थिक सहयोगमा निर्माण भइ रहेको नगरप्रमुख लम्सालले जानकारी दिए ।
हिउँदमा अत्यधिक जाडो र बर्खामा अत्यधिक गर्र्मी हुने भएका कारण निर्माण हुदै गरेका घरभित्रको तापक्रमलाई वातावरणमैत्री बनाइएको उनले भने ।
निर्माण सम्पन्न भइसकेका घरमा विपन्न परिवार बस्न थालिसकेका र यहि असार मसान्त सम्म सबै घरमा परिवारहरु बसाइसक्ने गरि निर्माण कार्य भइरहेको छ ।
निर्माण गर्न लागिएको १ सय २ घरहरु मध्य ८० वटा घर वातावरण मैत्री ऊर्जा घर निर्माण गरिएको समेत नगरप्रमुख लम्सालले जानकारी दिए ।
साथै ठाकुरबाबा नगरपालिकाको हरेक वडामा एकजना अपांगता भएका परिवारका लागि घर निर्माण गर्ने प्रकृयामा रहेको समेत उनलेभने ।
पूर्ण रुपमा अपांगता भएकाका लागि ३ लाख ७५ हजार पालिका र अन्य साझेदारीको सहयोगमा घरको निर्माण भइरहेको छ । अपांगता भएका बाहेक अन्यका लागि १ लाख ७५ हजार पालिकाको सहयोग र साझेदारीमा निर्माण भइरहेको छ । नगरप्रमुख लम्सालले भने ।




