राजापुर नगरपालिकामा मानव बेचबिखन तथा अवैध ओसारपसार नियन्त्रणका लागि सीमा-पार संयन्त्रसम्बन्धी दुई दिने तालिम गरिएको छ ।


राजापुर नगरपालिकाको आयोजनामा, प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत यो तालिम सञ्चालन गरिएको हो ।

तालिममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, विभिन्न वडाध्यक्षहरू, महिला तथा बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्यहरू, आईटी अधिकृत, सहायक प्रहरी निरीक्षकहरूसहित अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका संयोजक ईश्वर विकले तालिमका उद्देश्यहरू स्पष्ट पार्दै, मानव बेचबिखन बढ्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज र निगरानी समूहहरूबीच समन्वय अत्यावश्यक रहेको धारणा व्यक्त गरे ।

तालिम जेष्ठ ०३ र ०४ गते हुन भएको हो । पहिलो दिन रोकथामका उपायहरू, मानव बेचबिखन र अवैध ओसारपसारको अवधारणा, कारणहरू र त्यससम्बन्धी समसामयिक मुद्दाहरूमा विस्तृत छलफल गरिएको थियो । तालिमका सत्रहरूको सहजीकरण श्री युवराज पोखरेलले गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर प्रमिशा थारु पनि कार्यक्रममा सहभागी हुनु भएको थियो ।




