• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालविवाह, लैङ्गिक हिंसा अन्त्य तथा किशोरी सशक्तिकरणका लागि ‘रूपान्तरण’ कक्षा सम्बन्धी ब्यापक छलफल सम्पन्न

  •  संजय आचार्य
  • २०८२ बैशाख ३१, बुधबार १९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, बैशाख ३१। बालविवाह, लैङ्गिक हिंसा अन्त्य र बाल संरक्षणलाई केन्द्रमा राखी किशोर–किशोरीहरूको समग्र विकासका लागि आज गुलरिया नगरपालिकामा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।


    कार्यक्रमको आयोजना सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको हो भने अध्यक्षता संस्थाकी इन्दिरा सुबेदीले गरेकी थिइन्।
    गुलरिया नगरपालिकामा २०८१ सालमा वडा नं. ३, ४, ५ र ७ मा रूपान्तरण कक्षा सञ्चालन गरिएको थियो । जसमा १५७ जना किशोरी प्रत्यक्ष सहभागी भएका थिए। अप्रत्यक्ष रूपमा सहभागी संख्या ३७७ जना रहेको छ। आगामी २०८२ मा वडा नं. १०, ९, ७, ३, २, ४ मा विस्तार गर्दै करिब ५७२ जना किशोरी लाभान्वित हुने लक्ष्य लिएको सुवेदीले बताइन ।


    छलफलमा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक एवं कार्यक्रमका सहजकर्ता नारायण घिमिरेले लुम्बिनी प्रदेश मा बालबालिकाको अवस्था र किशोरीहरुको समग्र विकासका लागि सञ्चालित ‘रूपान्तरण’ कक्षाको जानकारी दिए। उनका अनुसार, हालसम्म ५७२ जना किशोरीहरूले प्रत्यक्ष रुपमा लाभ लिएका छन् भने समुदाय र विद्यालय वाहिर रहेका किशोरी हरुका लागी कक्षा सञ्चालन भइरहेको छ।

    सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम निर्देशक प्रकाश घिमिरेले संस्थाको उद्देश्य, कार्यक्षेत्र र रूपान्तरण कक्षाबाट विद्यालयबाहिर रहेका किशोरीहरूमा आएको सकारात्मक परिवर्तनको विवरण प्रस्तुत गर्दै रुपान्तरण कक्षा लाई अझै प्रभावकारी रूपमा अघी बढाउँदै लैजाने बताए ।
    यूनिसेफका तर्फबाट धनेश्वरी धर्तीले बाल संरक्षण र लैङ्गिक हिंसाका विविध पक्षमा प्रकाश पार्दै यूनिसेफले रूपान्तरण कक्षा मार्फत किशोरीहरूलाई शिक्षित गर्दै अग्रसर बनाउँदै आएको जानकारी दिइन्। जसले गर्दा समाज लाई सही दिशा तर्फ मद्दत मिल्ले धर्तीले बताइन ।


    कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. ९ टेपरीस्थित रूपान्तरण कक्षाकी सहजकर्ता जमुना कुमारी पासीले आफ्नो अनुभव सुनाउँदै कक्षामा ६५ जना किशोरी सहभागी रहेको र बालविवाह अन्त्य, सामाजिक मूल्य–मान्यता, बाल संरक्षण लगायतका विषयमा सिकाई भइरहेको बताइन्।
    यस्ता किसीमका कार्यक्रमले किशोरीहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र सामाजिक उत्तरदायित्वको भावना विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    Post Views: 403
    प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधबार १९:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.