• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २५, बिहीबार १०:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतसँग सैन्य टकराब परिरहेका बेला पाकिस्तानको लाहोरमा बिहीबार बिहान ठूलो विस्फोट भएको खबर आएको छ।

    जियो टीभी र समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।

    पाकिस्तानको पूर्वी सहर लाहोरमा बिहीबार बिहान एउटा विस्फोटको आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।

    एआरवाई न्युजका अनुसार कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ।

    रिपोर्टमा भनिएको छ- विस्फोटको आवाज धेरै ठूलो थियो र कम्तीमा तीन किलोमिटर टाढासम्म सुनिएको थियो। यो विस्फोट गुलमर्ग क्षेत्रमा भएको थियो र यहाँ नजिकै सेनाको आवासीय परिसर छन्।

    पाकिस्तानी मिडियाका अनुसार कराँची विमानस्थलमा उडान अस्थायी रूपमा स्थगन गरिएको छ। विस्फोट भएको ठाउँ पाकिस्तानी विमानस्थलको धेरै नजिक छ।

     

    फाइल तस्बिर

    रिपोर्टअनुसार विस्फोटको आवाजपछि प्रहरीले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको छ र उद्धार टोली घटनास्थलमा पुगेको छ।

    यद्यपि, हाल विस्फोटमा कति जना घाइते भएका छन् भन्ने कुरा थाहा छैन।

     

    एआरवाई न्युजले बिहान सबेरै भएको विस्फोटको आवाजले सम्पूर्ण लाहोर हल्लाएको र विस्फोटपछि मानिसहरूमा त्रासको वातावरण रहेको बताएको छ।

    मंगलबार राति मात्र भारतले अपरेसन सिन्दूरअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको छ।

     

    भारतले आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरिएको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारण बस्ने क्षेत्रमा हमला भएको दाबी गरिरहेको छ।

    उक्त हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।

     

    यसैबीच बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

    जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

     

     

     

     

    साभार /नेपाल खबर

    Post Views: 339
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार १०:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.