दाङ, बैशाख २४ गते / नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानिएल मेउलीले लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा प्रदेशको समग्र सामाजिक विकास विशेषगरी शिक्षाको गुणस्तर अभिवृद्धि, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धन र मैत्रीपूर्ण सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्री तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

राजदूत मेउलीले स्विट्जरल्यान्डका सरकार शिक्षा क्षेत्रको सुधारमा सहयोग गर्न इच्छुक रहेको भेटमा बताएकी छन् ।
मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा प्रणालीलाई प्रविधिमैत्री, रोजगारमुखी र समावेशी बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको आग्रह गरेका थिए ।

राजदूत मेउलीले सकारात्मक जवाफ दिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।




