• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारत–पाकिस्तान तनावबारे सचेत बन्‍न सांसद गौतमको आग्रह, बर्दियाको जनसुरक्षातर्फ पनि ध्यानाकर्षण

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २४, बुधबार १६:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, बर्दिया — नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनावले नेपालमा पार्नसक्ने सम्भावित प्रभावबारे सरकारलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो अन्तर्राष्ट्रिय परिस्थितिमा नेपाल सरकारले अल्पकालीन र दीर्घकालीन असरहरूको मूल्यांकन गर्दै स्पष्ट रणनीति तयार गर्नुपर्ने बताए। “समस्या सामनामा दलबीच विभाजन होइन, एकता जरुरी हुन्छ,” उनले भने, “अहिलेको अवस्था गम्भीर छ, दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्छ।”

    उनले नेताहरूको पछिल्लो अभिव्यक्तिहरू राजनेताको भूमिका अनुसार नभएको महसुस भएको उल्लेख गर्दै संविधान संशोधन, संघीयताको सशक्तीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा दलहरूबीच न्यूनतम सहमति आवश्यक रहेको बताए।

    गौतमले बर्दियासहितका राष्ट्रिय निकुञ्ज क्षेत्रका बासिन्दा जङ्गली जनावरको त्रासमा रहेको उल्लेख गर्दै जनसुरक्षाको प्रत्याभूति हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।

    Post Views: 663
    प्रकाशित मिति: २०८२ बैशाख २४, बुधबार १६:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.