• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दुई पक्षबिच कुटाकुट भएपछि एमाले धनुषा अधिवेशन स्थगित

  •  सुरेन्द्र यादव
  • २०८२ बैशाख २३, मंगलवार २०:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेको धनुषा जिल्ला अधिवेशनमा दुई पक्षबिच कुटाकुट भएको छ । उम्मेदवारको अन्तिम नामावलीबाट नाम हटाउने विषयमा विवाद हुँदा दुई पक्षबिच झडप भएको हो ।

    शनिबारदेखि जारी अधिवेशनमा सर्वसम्मतबाट कार्यसमिति चयन हुन नसकेपछि मंगलबार बिहान ८ बजेदेखि निर्वाचनको तयारी गरिएको थियो ।

    निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवार नामावलीमा दाबी विरोध गर्दै एमाले केन्द्रिय सदस्य उमाशंकर अरगरिया  पक्षले तीन जना पदाधिकारी पदका उम्मेदवारको नाम हटाउन माग गरेको छ । तर रघुबिर महासेठ पक्षको दबाब कारण निर्वाचन कमिटीले नाम हटाउन नमानेपछि दुई पक्षबिच कुटाकुट भएको हो ।

    झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । दुवै जनाको टाउको फुटेको छ ।

    अधिवेशन स्थलमा दुई पक्षका कार्यकर्ताबिच ढुङ्गामुङ्गा तथा कुटपिट भएपछि तत्कालका लागि अधिवेशन स्थगित गरिएको छ ।

    झडप भएपछि नेता अरगरिया पक्षका कार्यकर्ता निधि भवनको बाहिरबाट ढुङ्गामुङ्गा गरेपछि प्रहरीले सुरक्षा घेरा हालेर महासेठ पक्षका कार्यकर्तालाई अधिवेशन स्थलबाट बाहिर निकालेका थिए ।

    एमाले धनुषाको अध्यक्षमा उम्मेदवारी दिएका लक्ष्मीनारायण यादव पक्षले नामावलीबाट नाम हटाउन धर्ना बसेको थियो।  रघुवीर महासेठ पक्षले भोला यादवलाई अध्यक्षको उम्मेदवार बनाइएको छ । लक्ष्मीनारायण भने नेता उमाशंकर अरगरिया पक्षका उम्मेदवार हुन् ।

    एमाले धनुषाको जिल्ला अधिवेशन शनिबार पार्टीका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरलेलले उद्घाटन गरेका थिए । मधेस प्रदेशमा एमालेका नेता महासेठ र लिला श्रेष्ठबीच उत्पादन विवादको असर धनुषा अधिवेशनमा देखिएको छ ।

     

     

     

    साभार /नागरिक/सुरेन्द्र यादव

    Post Views: 198
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार २०:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.