• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मधुवनका किसानका आँखामा आँसु: असिनापानीले १ करोड ६० लाख बराबरको लहरेवाली र मकै बालीमा क्षति

  •  – अजय चापागाई
  • २०८२ बैशाख २३, मंगलवार १३:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिकामा वैशाख २१ गते, आइतबार साँझ परेको असिनापानीले हिउँदे बाली र तरकारीखेतीमा व्यापक क्षति पुर्‍याएको छ। यस प्राकृतिक विपत्तिले लाखौंको लगानीमा लगाइएका बाली पूर्ण रूपमा नष्ट भएपछि किसानहरू मारमा परेका छन्।

    मधुवन नगरपालिका कृषि शाखाका अधिकृत एकराज वलीका अनुसार आइतबार साँझ पाँच बजेपछि आएको मुसलधारे असिना पानीले नगरपालिकाका पाँच वटा वडाका लहरेवाली र मकै खेतीमा करिब १ करोड ६० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। “सोमबारदेखि तथ्यांक संकलनको काम सुरु गरिएको छ। पूर्ण विवरण आउन केही दिन लाग्न सक्छ,” वलीले बताए।

    नगरपालिकाका वडा नं. ४, ५, ६, ८ र ९ मा लगाइएको काक्रो, फर्सी, बोडी, घिरौंला लगायतका लहरेवाली तथा मकै खेतीमा पूर्ण रूपमा क्षति पुगेको छ।

    वडा नं. ४ की किसान सयारानी चौधरीले रुँदै भनिन्, “अहिले काक्रो बेच्ने समय थियो, तर असिनाले सबै बिरुवा नष्ट गरिदियो।”

    यस्तै, वडा नं. ६ का किसान खड्क बहादुर शाहीले भने, “बोराबाट आलु झरेको जस्तो गरी असिना पर्‍यो। मेरो १० कठ्ठामा लगाइएको मकै पूरै नष्ट भयो।”

    कृषकहरूलाई तत्काल राहत तथा क्षतिपूर्तिको माग गर्दै स्थानीय स्तरमा पहल थालिएको जनाइएको छ।

    Post Views: 291
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १३:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.