• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको जवाफ माग्दै नाउपाको चेतावनी, मंगलबार सम्म जवाफ नआए सरकारबाट बाहिरिने घोषणा

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २२, सोमबार १४:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, वैशाख २२/ नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी संरक्षक रेशम लाल चौधरीको पक्राउबारे सरकारसँग जवाफ माग गर्दै भोलि मंगलबार सम्म स्पष्ट धारणा नआए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

    नाउपाका सांसद लालवीर चौधरीले सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रधानमन्त्री वा गृहमन्त्रीले भोलिसम्म जवाफ नदिए पार्टी सरकारबाट फिर्ता हुने बताएका छन् । “यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन,” उनले भने, “प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।”

    सांसद  चौधरीले वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टी संरक्षक रेशम लाल चौधरीलाई ‘अपहरण शैलीमा’ पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याइएको आरोप पनि लगाए । उनका अनुसार प्रज्ञा भवनमा एकीकरण घोषणा कार्यक्रम भइरहेका बेला चौधरीलाई सिभिल ड्रेसमा आएका प्रहरीले एकाएक पक्राउ गरेका थिए ।

    स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि चौधरी पक्राउ प्रकरण ‘रहस्यमय’ भएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।

    नाउपाको चेतावनीसँगै सरकारमा संलग्न सत्तारुढ गठबन्धनभित्रको तनाव थप चुलिएको देखिन्छ ।

    नाउपाबाट सांसद भएका अरुण चौधरी नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्रीका रूपमा सरकारमा छन् ।

    Post Views: 369
    प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार १४:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.