• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

केपी ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसके : प्रचण्ड

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार २०:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताएका छन्। कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले लामो समयदेखि आन्दोलनरत शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरेकाले प्रधानमन्त्रीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताए।

    देशभरका शिक्षकहरू सडक आन्दोलनमा आउँदा पनि सरकारले कुनै तत्परता नदेखाउनु लाजमर्दो भएको उनको भनाइ छ। प्रचण्डले शिक्षकलाई अपमानित गर्ने काम बन्द गरेर शिक्षकहरूको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए। उनले आफ्नो माग पूरा नभएसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपील पनि गरे

    एमालेबाटै शिक्षामन्त्री भएका विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरकार गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको उनले बताए। उनहाले सहकारी, डाक्टरलगायत सबै क्षेत्रका व्यक्तिहरू आन्दोलनका लागि सडकमा आउनुपर्ने अवस्थाले सरकार पूर्णतः असफल भइसकेको दाबी गरे।

    प्रचण्डले केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक भएकाले आफ्नै बोझका सकिने तर्क गरे। त्यस्तै प्रचण्डले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको उल्लेख गरे। उनले कम्युनिष्ट एकता बलियो बनाउन एकैठाँउमा आउन अपील गर्दै समाजवादी मोर्चामा अरुलाई पनि समेट्ने प्रयासमा रहेको बताए। प्रतिक्रियावादी र अवसरवादीहरूले माओवादीलाई अपमानित गर्ने काम गरेको उल्लेख गर्दै प्रचण्डले प्रत्येकपटक माओवादी नयाँ ढंगले उठेर अघि बढिरहेको बताए।

     

     

     

    साभार अन्नापूर्ण

    Post Views: 190
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार २०:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.