बैशाख ६ गते, बढैयातालमा भइरहेको पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगितामा बढैयाताल गाँउपालिकाले गुलरिया नगरपालिकालाई ४–० गोल ले पराजित गरेको छ ।
स्वास्थ्य, अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्वताू मूल नाराका साथ मयूर युवा क्लवले आयोजना गरेको छैठौं बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता शुक्रवार भएको खेलमा बढैयाताल गाँउपालिकाका आलोक थारुले एक गोल गरेका थिए भने अवि परियारले आक्रर्षक ३ गोल गरका थिए ।

गुलरियाको पोष्टमा ३ ह्याट्रिक गोल गरेका अवि परियार खेलको म्यान अफ द म्याच पाएका थिए ।
बर्दिया जिल्लाका ८ वटा पालिकाको सहभागिता रहेको यस प्रतियोगितामा बढैयाताल संगै बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र बाँसगढी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन ।
आज बैशाख ६ गते देखि सेमिफाइनल .खेलहरु हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता नकआउटको आधारमा खेलाइएको छ । बढैयाताल गाँउपालिका बडा नं ८ मा मयुर युवा क्लब द्वारा आयोजित बर्दिया जिल्लाका ८ पालिकाको सहभागी रहको छ । फाइनल खेल बैशाख ९ गते हुने आयोजकले बताएको छ ।




