नेपाल मै पहिलोपटक बर्दियाको ठाकुरबाबा नगरपालिका २ रानिपुरमा चैत २४ गतेदेखि सुरु भएको खो खो लिग चरणको खेल प्रतियोगिता आज बिहीबार सकिएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, नाराका साथ नेपालमै पहिलो पटक बर्दियाको ठाकुरबाबा नगरपालिकामा खोखो लिग चरणको प्रथम नेपाल खो खो लिग चैत २४ सुरु भएकोमा आज सकिएको हो । पाँच दिनसम्म संचालित प्रथम नेपाल खो खो लिगमा ५ टिमबीच प्रतिस्पर्धा थियो । लिग खेलमा नेचर नेष्ट टाइगर्स ठाकुरबाबा प्रथम तथा विकासप्रेमी ब्ल्याक बक बर्दिया द्धितीय र कन्चन गैँडहवा रुपन्देही तृतीय हुन सफल भएका छन् ।
लिग चरणको खो खो खेल प्रतियोगितामा नेचर नेष्ट टाइगर्स ठाकुरबाबा प्रथम भएको खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले जानकारी दिनुभयो । नेचर नेष्ट टाइगर्स ठाकुरबाबा र विकासप्रेमी ब्ल्याक बक बर्दिया बीच भएको फाइनल खेलमा नेचर नेष्ट टाइगर्स ठाकुरबाबा ४६ अंकका साथ विजयी भएको छ । विकासप्रेमी ब्ल्याक बक बर्दिया ४२ अंक ल्याइ दोस्रो भएको छ ।प्रथम हुन सफल नेचर नेष्ट टाइगर्सले शिल्डसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो हुन सफल विकासप्रेमी ब्ल्याक बक बर्दिया ले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको खो खो संघका वरिष्ठ उपाध्यक्ष शाहिले बताउनुभयो ।
नयाँ दिल्लीमा भएको विश्वकप खो खो खेलमा आफ्नो पालिकाबाट मात्रै १२ जना खेलाडीको सहभागीता रहेको बताउँदै नेपाल मै पहिलोपटक बर्दियाको ठाकुरबाबामा खो खो लिग संचालन गर्ने अवसर मिलेकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा सबै किसिमका खेल क्षेत्रमा पनि लगानी गर्दै विकास गर्ने ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।ठाकुरबाबा नगरपालिका खो खो खेलका लागि उर्वर भूमि मानिन्छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर रंगशालामा सन् २०२५ जनवरी १३ तारिक अर्थात पुस २९ देखि १९ तारिख माघ ६ गते सम्म संचालन भएको २३ वटा देशको सहभागिता रहेको प्रथम विश्वकप खो खो खेल प्रतियोगितामा महिला र पुरुष दुबै खेलमा नेपाल उपविजेता भएको थियो ।
नेपाल खो खो संघको आयोजना,लुम्बीनी प्रदेश खोखो संघको ब्यवस्थापन, मुख्य प्रबर्दक ठाकुरबाबा नगरपालिका तथा प्रदेश खेलकुद परिषद् लुम्बीनीको प्रर्वधनमा खेलकुद संचालन गरिएको थियो । २०७० सालदेखि ठाकुरबाबा नगरपालिकामा खो खो खेलको प्रवर्धन गर्न सुरु गरिएको थियो ।
चैत २४ गतेदेखि सुरु भएको ड्रिम खो खो लिग चरणको प्रतियोगितामा नेचर नेष्ट टाइगर्स ठाकुरबाबा, विकासप्रेमी ब्ल्याक बक बर्दिया, कन्चन गैडहवा रोयल्स रुपन्देही, डेलिकन्ट्रक्सन राइनोज बाँसगढी र सुदुरपश्चिम किँग्स धनगढी गरि ५ टिम सहभागी थिए ।
उपाध्यक्ष शाहीले खेलकुदका क्षेत्रमा नेपालमा अझैपनि सम्पुर्ण लगानी कर्ताबाट लगानी हुन नसकेको बताउँदै खेलकुदबाट अनुशासन र शारीरिक स्वास्थ्य तथा ब्यवसायिकता लगायत सम्पुर्ण पक्ष सवल हुने भएकाले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
खोखो संघका वरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालको प्रमुख आतिथ्ययता, उपमेयर विना कुमारी भट्टराई, संविधानविद काँशिराज दाहाल, ठाकुरबाबा खेलकुद विकास समिती बर्दियाका पुर्व अध्यक्ष खगेन्द्र खनाल लगायत खेलकुद क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





