• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गगन भन्छन् : भ्रष्टाचार पार्टीले गर्दैन, व्यक्तिले गर्छ

  •  माउण्टेन संवाददाता
  • २०८१ चैत्र २८, बिहीबार १५:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारविरुद्ध कांग्रेसले धारणा प्रस्ट गरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

    ‘पार्टीले भ्रष्टाचार गर्छ त? गर्दैन। व्यक्तिले भ्रष्टाचार गर्छ,’ महामन्त्री थापाले भने, ‘तपाईँ पार्टीको यहाँ बुनपा (बुढानिलकण्ठ नगरपालिका)मा बसेर बिहान–बेलुका दु:खसुख गरेर… तपाईँले न पार्टीले खुवाको छ, न पाल्दिएको छ। तपाईँको दु:ख तपाईँसँगै छ। तपाईँ आफ्नो काम आफैँ गरेर खानुभएको छ। नेपाली कांग्रेस पार्टीको सरकार बन्दा पनि तपाईँको जिन्दगी त्यही हो, नबन्दा पनि तपाईँको व्यक्तिगत जिन्दगी त्यही हो। यसो हेर्छु सबैले आफ्नो गरेर खाएकै छ। तर, एउटा कुन चाहीँ पार्टीको जिम्मेवारी लिएर बसेको मान्छेले गलत गर्छ, त्यसले सिंगो पार्टीको मान्छेले त्यसको दोष व्यहोर्नुपर्छ।’

    त्यसैले यसको उपाय पार्टीको तर्फबाट सोचेको पनि उनले बताए। ‘नेपाली कांग्रेस पार्टी के भन्छ भने भ्रष्टाचार व्यक्तिले गर्छ, त्यो व्यक्ति जतिसुकै शक्तिशाली होस्, पार्टीको जुनसुकै जिम्मेवारीमा बसेको होस्, सभापति होस। महामन्त्री होस, प्रधानमन्त्री होस, मन्त्री होस कोहीले पनि उन्मुक्ति पाउनुहुन्न।’ उसको दण्ड सजाय उसले पाउनुपर्ने र पार्टी उसको संरक्षणमा नजाने उनले जिकिर गरे।

    ‘राजनीतिक कुरा हो भने ज्यान फालेर लाग्छौँ, व्यक्तिगत कुरा हो भने हामी लाग्दैनौँ,’ महामन्त्री थापाले भने। कांग्रेसले बनाएको प्रणाली भ्रष्टाचारी जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्छ भन्ने रहेको उनले बताए।

     

     

     

    नागरिक/साभार

    Post Views: 242
    प्रकाशित मिति: २०८१ चैत्र २८, बिहीबार १५:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.