• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मन्त्रिपरिषद् बैठक : पूर्व प्रधानन्यायाधीश मिश्रको नेतृत्वमा ‘टिआरसी’सँग जोडिएका आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन

  •  माउण्टेन संवाददाता
  • २०८१ चैत्र १२, मंगलवार ०८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, चैत्र १२ गते / सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।मन्त्रिपरिषद्को आजको बैठकले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो। समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति,  पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

    प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आजै सङ्क्रमणकालीन न्याय (टिआरसी) सँग जोडिएको आयोग गठनका विषयमा छलफल भएको थियो। सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ। सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने छ।

    गभर्नर छनौटका लागि समिति
    यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नर छनौटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ।  समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिए।

    बिमेस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री जाने
    यही चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमेस्टेक) को छैटौँ शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको छ।

    प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री डा आरजु राणालगायत रहने मन्त्री गुरुङले जानकारी दिए।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 308
    प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलवार ०८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.