बर्दिया, फागुन २७ गते / बर्दियाको बारबर्दिया नगरपालिका बाड नं १ को जोधिपुरमा किशोर किशोरी मैत्रि स्वास्थ्य भवन हस्तान्तरण गरिएको छ ।

कोरिया अन्तराष्ट्रिय सहयोग नियोग(कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल संगको साझेदारिमा राधाकृष्ण थारु जनसेवा केन्द बर्दियाबाट संचालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र बारबर्दिया १ जोधिपुरको प्राङ्गणमा निर्माण गरिएको एकिकृत किशोर किशोरी मैत्रि स्वास्थ्य भवन फागुन २७ गते मंगलबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र प्लान नेपाल राष्ट्रिय निदेृशक राम किशनले सयुक्त रुपमा भवन हस्तान्तरण गरेको परियोजनाका संयोजक सुरज अर्यालले बताए । सन २०२४ देखि सन २०२६ सम्म ३ बर्षको यस परियोजना रहेको तथा हाल यो परियोजना सुचारु भएको दोस्रो बर्ष भएको समेत परियोजना संयोजक अर्यालले भने ।

किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत बर्दिया जिल्लाको ५ वटा स्थानीय तहहरु गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिका रहेको उनले जानकारी दिए ।

करिब ४७ लाख रुपैयामा निर्माण सम्पन्न भएको यय किशोर किशोरी मैत्रि स्वास्थ्य भवनमा किशोरकिशोरिहरुका लागि परामर्श कक्षका साथ किशोरकिशोरिका अन्य सेवाका साथै बहुउद्देशीय हल समेत रहेको अर्यालले बताए ।

किशोरकिशोरीका यौन तथा प्रजनन स्वस्थ्यलाई प्रवधर्न गर्दै किशोरकिशोरीको जीवन शैलि स्वस्थ बनाउनु मुख्य उद्देश्य रहेको अर्यालले भने ।
यस परियोजनाले विभिन्न कृयाकिलाप संचालनबाट किशोरकिशोरीहरुको सर्वाङ्गिक विकासका लागि सम्बन्धित सरोकारवालाहरु संग किशोरकिशोरीहरुको जीवन शैलि स्वस्थ बनाउनका निम्ति किशोरकिशोरी मैत्रि वातावरण सृजनाका लागि विभिन्न किसिमका कार्यहरु गरिरहेको समेत अर्यालले बताए ।

हस्तातरण कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु, उपप्रमुख रत्ना पाण्डे, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका दिनेश श्रेष्ठ र बारबर्दिया नगरपालिका बडा नं १ का बडा अध्यक्ष कैलाशपति थारु, बारबर्दिया नगरपालिकाका प्रवक्ता एवं बारबर्दिया नगरपालिका बडा नं ४ का बडा अध्यक्ष सिताराम योगि, बडा नं २ बडा अध्यक्ष रामफेरन थारु लगायत स्थानीय र सरोकारवाताहरुको उपस्थिती रहेको थियो ।




