• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बेरोजगारी घटाउन कांग्रेसको ‘मिसन रोजगारी’

  •  दिलीप पौडेल
  • २०८१ फाल्गुन २६, सोमबार २३:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुलुकमा रोजगारीको अभावले युवाहरू वैदेशिक रोजगारका लागि बिदेसिइरहेको अवस्थामा मुलुकको प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ‘मिसन रोजगारी अभियान’ सुरु गरेको छ।

    दलहरू राजनीतिक मुद्दामा मात्र केन्द्रित भएको आरोप लागि रहेका बेला कांग्रेसले मुलुकको बेरोजगारी समस्या समाधान गर्न पहल गर्ने भन्दै रोजगार अभियानको थालनी गरेको हो। कहिले साहित्य सम्मेलन त कहिले उद्यमीको मेला, पोलिसी ह्याकाथनदेखि आर्थिक मुद्दामा बहस सुरु गरेको कांग्रेसले आइतबार विज्ञहरूको उपस्थितिमा एक वर्षे रोजगार अभियान घोषणा गरेको छ।

    अभियानअन्तर्गत रोजगारी सिर्जना गर्न नीतिगत तहमा छलफल, बजारको माग अध्ययन अनुसन्धान, रोजगारीका क्षेत्र, राज्य तथा निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका, राजनीतिक दलहरूसँग समन्वय गरेर सामूहिक एजेन्डा बनाउने लगायतका काम गर्ने कांग्रेसले जनाएको छ।

    अभियानको घोषणा गर्दै कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले रोजगारीको मुद्दालाई नीतिगत तहमा मात्र होइन व्यावहारिक तहमासमेत समाधान गर्न पहल गर्ने बताए। ‘श्रम बजारमा आउने युवाहरू रोजगारी नपाएर बिदेसिएका छन्,’ महामन्त्री थापाले भने, ‘रोजगारी सिर्जना गर्नका लागि कानुन बनाउनेदेखि दक्ष जनशक्ति उत्पादन गर्नसमेत पहल गर्छौं।’

    रोजगारदाताको अपेक्षा अनुसार जनशक्ति तयार हुन नसकेको थापाले बताए। ‘बजारको माग अनुसार सिप भएको जनशक्ति तयार गर्न पहल गर्छौं,’ थापाले भने, ‘बेरोजगारी समस्या समाधानको पहल गर्न यो अभियान सुरु गरेका हौं।’

    थापाले देशमा सिप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए। ‘नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सिपको न्युनस्तरको श्रमशक्ति रहेको भन्ने छ,’ थापाले भने, ‘सिपयुक्त जनशक्ति बजारमा ल्याउन आवश्यक छ।’

    महामन्त्री थापाले नेपालमा सञ्चालन भएका उद्योगहरूमा आवश्यक सिपसहितको जनशक्ति विदेशबाट आयात भइरहेको बताए। ‘नेपाली जनशक्ति विदेश जाने क्रम बढिरहेको छ,’ उनले भने, ‘स्वदेशमा पनि रोजगारदाताले आवश्यक अनुसार जनशक्ति नभएको गुनासो गरेका छन्।

    यो समस्या समाधान गर्न हामीले काम गर्छौं। श्रम बजारमा सिपको अभावले गर्दा उद्योगहरूले आवश्यक श्रमिक पाउन नसकेको बताए। सरकार र निजी क्षेत्रले संयुक्त रूपमा प्रयास गर्नुपर्ने धारणा राखे।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेन्डा बनेको बताए। ‘विगतमा पनि काम भइरहेको थियो,’ शर्माले भने, ‘अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउछौं।’

    रोजगारी सिर्जना र उद्यमशीलतालाई सँगसँगै अघि बढाउने शर्माले बताए। कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ।

    नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागका संयोजक तथा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरूको पनि सहभागिता रहेको थियो।

    नेपाली कांग्रेसले सुरु गरेको रोजगार अभियान सकरात्मक भएको निजी क्षेत्रका प्रतिनिधि बताउँछन्। अभियान घोषणा कार्यक्रममा सहभागी लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले निजी क्षेत्रले बजारको आवश्यकता अनुसार जनशक्ति नपाएको बताए। ‘कांग्रेसले सुरु गरेको रोजगार अभियानले पार्टीहरू पनि रोजगारीको मुद्दामा संवेदनशील भएको संकेत गर्छ,’ श्रेष्ठले भने, ‘निजी क्षेत्रका लागि चाहिएको जनशक्ति उत्पादनमा आवश्यक सहजीकरण होस् ।’

    कार्यक्रममा अर्थशास्त्रकी  प्राध्यापक डा. कुशुम शाक्यले सरकारले रोजगारी सिर्जना गर्न नसकेकै कारण युवाहरू विदेश गएको बताइन्। ‘कांग्रेसले रोजगारी अभियान सुरु गरेको छ। यसलाई नेतृत्व गरेर अघि बढोस्,’ शाक्यले भनिन्, ‘नेपालको आवश्यकता अनुसार सिपमूलक जनशक्ति तयार गर्नुपर्छ।’

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलले रोजगारी सिर्जना गर्ने विषय अहिलेको आवश्यकता रहेको बताए। ‘यो अभियानलाई साझा एजेन्डाका रूपमा अघि बढाउनु पर्छ,’ उनले भने।

     

     

     

    साभार नागरिक दिलीप पौडेल

    Post Views: 430
    प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार २३:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.