• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भूमि समस्या समाधान आयोग बर्दिया द्वारा सरोकारवालाहरु संग अन्तरकृया

  •  होमेन्द्र थापा
  • २०८१ फाल्गुन २१, बुधबार ०९:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन २१ गते / बर्दिया जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गर्न स्थानीय सरोकारवालाहरूले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनु भएको छ । भूमि समस्या समाधान आयोग बर्दियाद्वारा फागुन २० गते बर्दियाको गुलरियामा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख तथा सरोकारवालाहरूले आयोगले छिटो काम प्रारम्भ गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको हो ।

    बर्दियाका आठवटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरूले भूमि समस्या समाधानका लागि आर्थिक तथा प्रशासनिक रूपमा पूर्ण सहयोग गर्न तयार रहेको बताए । पालिकाहरू आवश्यक तयारीमा रहेको र आयोगको आदेशको प्रतीक्षामा रहेको जनाइएको छ । आयोगको सहयोग बिना पालिकाहरूले प्रक्रिया अगाडि बढाउन नसक्ने भएकाले कर्मचारी खटाएर सम्बन्धित पालिकामा पठाउनुपर्ने माग गरिएको छ ।

    आयोगले आदेश दिने बित्तिकै नापजाँच देखि लालपुर्जा वितरणका कार्यहरू प्रारम्भ गरिने बताइएको छ । कार्यक्रममा सरोकारवाला, पूर्व भूमि समस्या समाधान आयोगका पदाधिकारीहरू तथा भूमि अभियानकर्मीहरूले बर्दियामा अन्य जिल्लाभन्दा पृथक रूपमा भूमि समस्या रहेको बताउनु भएको छ । राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नदी कटान तथा किनार, र कपास फार्मको नाममा रहेको जग्गासम्बन्धी समस्याहरू समाधान गर्न आयोग र राजनीतिक प्रक्रिया दुवै आवश्यक पर्ने धारणा व्यक्त गरिएको छ ।

    भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुणप्रकाश सिंह राठौरले आयोगलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्दै पालिका तथा सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनु भयो । साथै, सरोकारवालाहरूको सल्लाहअनुसार प्रक्रिया अगाडि बढाइने जानकारी दिनु भयो । राजनीतिक दलका प्रतिनिधिहरूले पनि भूमि समस्या समाधानका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

    Post Views: 388
    प्रकाशित मिति: २०८१ फाल्गुन २१, बुधबार ०९:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.