बर्दिया(भुरिगाँउ), फागुन १५ गते / ठाकुरबाबा नगरपालिकाले मौरीपालक कृषकहरुलाई मौरीका गोला सहितका घारीहरु वितरण गरेको छ ।

चालू आर्थिक वर्ष २०८१|०८२ को स्वीकृत कृषि तर्फको मौरी पालनका लागि सहयोग कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिका भित्रका कृषकहरुमा शुद्ध मह उत्पादन गर्ने उद्देश्यका साथ कृषकलाई मौरीका गोला सहितका घारीहरु आज फागुन १५ गते एक कार्यक्रमका बिच वितरण गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले जानकारी दिए ।

ठाबुरबाब नगरपालिका भित्रका मौरीपालनमा संलग्न कृषक समूह तथा अगुवा कृषकहरूलाई व्यावसायिक एवम् स्थानीय शुद्ध मह उत्पादन गर्ने उद्देश्य अनुरूप २८ वटा मौरीका गोला सहितका घारहरू ५०% अनुदानमा वितरण गरिएको र यस किसिमका सहयोगले स्थानीय शुद्ध मह उत्पादनमा अभिवृद्धि गर्दै, कृषक समुह/अगुवा कृषकहरूलाई व्यवसायिकतातिर अग्रसर हुन टेवा पुग्ने विश्वास रहेको समेत नगरप्रमुख लम्सालले बताए ।




