• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको भुरिगाउँमा घरभित्रै महिलाको हत्या

  •  भावुक योगि
  • २०८१ फाल्गुन ४, आईतवार २२:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन ४ गते  / बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १, भुरीगाउँमा एक महिलाको हत्या गरिएको अवस्थामा आफ्नै घरभित्र शव फेला परेको छ ।
    ठाकुरबाबा १, भुरीगाउँकी ५१ वर्षिया राधा बोहोराको घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो ।
    आफ्नै घरभित्र सल जस्तो कपडाले घाँटीमा बाँधेर हत्या गरि घरको खाँबोमा बाँधेर घर बाहिरबाट ताल्चा लगाएको अवस्थामा महिलाको शव फेला परेको डिएसपी घर्ती मगरले बताउनुभयो ।
    घरभित्रै घाँटीमा सल जस्तो लुगाले बेरेर हत्या गरि खाँबोमा बाँधीएको अवस्थामा रहेको र बाहिरबाट घरको ढोकामा ताल्चा लगाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
    घट्नाका सम्बन्धमा तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ, अनुसन्धान पश्चात् हत्यामा संलग्नलाई नियन्त्रणमा लिएपछि पत्रकार सम्मेलन मार्फत जानकारी दिने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक एसपी केदार खनालले बताउनुभयो ।
    प्रहरीका अनुसार फागुन २ गतेदेखि घर आसपास क्षेत्रमा नदेखेपछि महिलाका आफन्त र स्थानीयले प्रहरीमा खबर गरेपछि आज आइतबार विहान १० बजेतिर महिलाको घरमा प्रहरी पुग्दा ढोकामा ताल्चा लगाइएको थियो ।
    घरभित्र मोबाइल वा कागजपत्र के छ स्थानीयको रोहबरमा ढोकाको ताल्चा खोल्ने अनि त्यसपछि खोजि गर्ने भनेर ताल्चा फोडेर घरभित्र पस्दा महिलाको शव खाँबोमा बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
    आज आइतबार विहान ११ बजेदेखि करिव ३ बजेसम्म तालिम प्राप्त कुकुरसहित प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान गरेपछि महिलाको शव पोष्टमार्टमका लागि सदरमुकाम गुलरिया लगिएको प्रहरीले जनाएको छ ।
    पतिसंग सम्बन्ध विच्छेद भएपछि भुरीगाउँमा आफ्नै घरमा एक्लै बस्दै आइरहेकी मृतक राधा बोहोराकी एक छोरी रोजगारिका लागि अमेरीका रहेकी स्थानीयले जनाएका छन् ।

    Post Views: 351
    प्रकाशित मिति: २०८१ फाल्गुन ४, आईतवार २२:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.