• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा लनटेनिसको विकासका लागी प्रशिक्षक विकासको हुटहुटि

  •  दीपककुमार शर्मा
  • २०८१ माघ २६, शनिबार १२:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ २६ गते / अन्न भण्डारको पहिचान बनाएको बर्दिया पछिल्लो पटक भने खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा पनि परिचित हुदै गएको छ । बर्दियाबाट क्रिकेट , भलिवल, फुटवल, लगायतका खेलाडी उत्पादन हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीता सहभागीता जनाउदै आएका छन तर पछिल्लो पटक भने लनटेनिसका खेलाडी उत्पादनका लागी बर्दिया टेनिस संघ लागी परेको छ जसलाई मलजल गर्नेकाम प्रशिक्षक विकास खडकाले गरिरहेका छन ।पुर्व खेलाडी तथा रुपन्देही लनटेनिसमा स्थापना काल देखि नै प्रशिक्षक रहेका विकासले राष्ट्रिय र अन्तराष्ट्रिय जुनियर एशियन प्रतियोगीतमा भाग लिएका खेलाडी उत्पादन गरेर चर्चा बटुल्दै त्रिभुवन आर्मी अफिसर क्लबका समेत प्रशिक्षक हुन जहाँ उनले ५ हजार बढी अफिसरहरूलाई लनटेनिस सिकाएका छन्  र सिकाउदै आएका छन ।

    टेनिसको लत रहेका विकासको हुटहुटि यतिकैमा मात्र रोकिदैन ग्रास लेवलबाट पनि खेलाडी उत्पादन गर्नुपर्छ भन्ने सोच राख्दै छोटो समयका लागी बर्दिया आएका विकासले बर्दियामा रहेका सिनियर तथा जुनियरको प्रशिक्षण तालिम प्रदान गर्दै अव बर्दिया पनि लन टेनिसमा अगाडी बढने लक्षण देखिएको दावी गर्छन । बर्दियाको माटो हावापानि संग लडिबुडि खेल्दै हुर्किएका किशोर किशोरी र साना साना नानी बाबुहरुको खेल प्रतिको उत्साह र रुचिले आफुलाई थप हौसला प्राप्त भएको विकासको अनुभव छ ।

    बर्दियामा पनि लनटेनिसको विकास फस्टाउदै जाने लक्षण देखिएको विकासको विश्वास रहेको छ । बर्दिया टेनिस संघका अध्यक्ष दीपककुमार शर्माले बर्दिया जिल्लामा क्रमस लनटेनिस खेलको महत्व बुझदै गएको बताउदै बालबालिकाको सहभागीताले अभिभावक र बालबालिकालाई उत्तजेना बनाएको आफुले पाएको बताए ।
    गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको लनटेनिस कोर्टमा हाल २ वटा कोर्ट रहेको छ । अहिले विहान र बेलुकीको समयमा प्रशिक्षण लिनेको भिड देख्न सकिन्छ ।
    हाल श्री सैनिक आवासिय महाविद्यालय बुटवलका लनटेनिसका हेडकोच समेत रहेका प्रशिक्षक विकास खड्काको उत्साहका कारण नै बर्दियामा लन टेनिसका खेलाडी उत्पादन हुने विश्वास लिइएको छ ।
    टेनिसको बेसिकमा ग्रिप, फोर हेन, ब्याक हेन, रेडि पोजिसन, बच्चाहरूलाई मोटिभेसन दिदै बालबालिकालाई ‘बेसिक सिकाईको छोटो समयावधिमा लनटेनिस खेल, कोर्ट, यसमा प्रयोग हुने शब्दावलीहरू समेत सिकाईएको विकासले बताए ।

    कुनै बेला काठमाडौं केन्द्रित रहेको लनटेनिस खेल अहिले नेपालका धेरै शहरहरूमा बिस्तार हुँदै गएको छ ।नेपालको टेनिस विकासमा महत्वपूर्ण योगदान दिदै आएका नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा र पूर्वअध्यक्ष मनोज राणा दम्पतीबाट समेत खेलाडी उत्पादनका लागी आवश्यक पर्ने खेल सामाग्री पनि बर्दिया टेनिस संघलाई प्राप्त भएको संघ बर्दियाका अध्यक्ष दीपककुमार शर्माले बताए ।

    करिब १ हप्ता सम्म बर्दियामा भएको प्रशिक्षणमा ६ वर्ष देखि ६५ वर्ष सम्मका करिब १ सए जना सहभागीता जनाएका छन । प्रशिक्षण कार्य निशुल्क गरिएको थियो । बर्दियामा पनि लनटेनिसको सम्भावना देखेका विकासले आफनो व्यक्तिगत खर्चमा सो प्रशिक्षण कार्यक्रम गरेका कारण यस क्षेत्रका खेलाडीहरुको मनोवल थप बृद्धि भएको छ । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बर्दियामा टेनिस खेलका लागी र खेलाडी उत्पादनका लागी पालिका मात्र नभएर बर्दिया जिल्ला नै लागी परेको बताउदै सहयोग सधै रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

    Post Views: 1,019
    प्रकाशित मिति: २०८१ माघ २६, शनिबार १२:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.