बर्दिया(मधुवन), माघ २५ गते बाख्रा चराउन गएकी एक महिलाको जंगली जनावर चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका बडा नं ७ को गंगा टोलमा बस्ने ५१ बर्षिय जुना कुमारी लामिछाने क्षेत्री घर छेउ मधुवन नगरपालिका बडा नं ७ को भाडखोले टोल बोडरलाईन ७२ नं पिलरको पश्चिम उत्तरको ग खेतबारीमा बाख्रा चराउने क्रममा जंगली चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तिमगरले बताए ।
बाख्रा चराउन गएको बेलामा चितुवाले घाँटीमा आक्रमण गरेर सख्त घाइते भई बर्दिया जिल्ला अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको समेत प्रहरी नायव उपरीक्षक घर्तिमगरले जानकारी दिए । चितुवा भारतिय सिमा पारिबाट आएर आक्रमण गरेको स्थानीयले बताएको समेत प्रहरीले जानकारी दिएको छ ।




