• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उपेन्द्रलाई बूढानीलकण्ठ बोलाएर देउवाले गरे अध्यादेशबारे छलफल

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २३, बुधबार २३:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ २३ गते / सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपाका अध्यक्ष उपेन्द्र यादव र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई नेताबीच आज (बुधबार) साँझ देउवा निवास बूढानीलकण्ठमा भेट भएको हो।

    ‘कांग्रेस सभापति देउवाले अध्यादेशलगायतका विषयमा छलफल गर्न भनेर बोलाएपछि पार्टी अध्यक्ष यादव बूढानीलकण्ठ जानुभएको थियो,’ उपेन्द्रनिकट स्रोतले नेपालखबरलाई बतायो। दुई नेताबीच आधा घण्टा बढी कुराकानी भएको छ। यादवलाई भोलि (बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नका लागि बोलाएको पनि स्रोतले बतायो। स्रोतले भन्यो, ‘बिहान प्रधानमन्त्रीलाई भेटेर छलफल गर्ने तय भएको छ। त्यहीअनुसार अध्यक्ष प्रधानमन्त्री ओलीलाई भेट्न जानुहुनेछ।’

    ओलीसँग छलफल गरेलगत्तै यादवले पार्टीले अध्यादेश अध्ययनका लागि बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्ने र थप निर्णय संसदीय दलको बैठकले गर्ने जसपा नेताहरूको भनाइ छ। बिहीबार दिउँसो संसद् बैठक बस्दै छ। त्यसअघि अध्यादेशमा यादव नेतृत्वको दललाई मनाउन ओली देउवा कस्सिएका छन्।

    संसद्मा अध्यादेशको विपक्षमा ५१ वटा सूचना दर्ता भएका छन्। यी सूचना सामूहिक रूपमा विपक्षमा रहेका दलका तर्फबाट एकजनाले अस्वीकृतिको प्रस्ताव पेस गर्नेछन्।सरकारले ल्याएको अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत हुनुपर्छ। अध्यादेश स्वीकृत भए संसद् सुरु भएको ६० दिनसम्म जीवित रहन्छ। तर अस्वीकृत भयो भने तत्कालै अध्यादेश निष्क्रिय हुनेछ।

    माघ १८ बाट हिउँदे अधिवेशन सुरु भएको थियो। सरकारले अधिवेशनको मुखैमा ६ अध्यादेश ल्याएको हो।

     

     

     

    साभार नेपालखबर

    Post Views: 221
    प्रकाशित मिति: २०८१ माघ २३, बुधबार २३:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.