बर्दिया, माघ २३ गते / अखिल नेपाल बिद्यार्थी युनियन समाजवादीले बबई बहुमुखी क्याम्पसलाई माग पत्र बुझाएको छ ।
विभिन्न ७ बुदे बुदामा ध्यानाकर्षण गराउदै अखिल समाजबादीका जिल्ला उपाध्यक्ष एवं क्याम्पस संयोजक पारस बानिया सहितको बिद्यार्थी टोलिले क्याम्पस प्रमुख बिरेन्द्राराज लम्साललाई बुधबार माग पत्र बुझाएको हो ।
अध्यक्ष बनिया द्वारा हस्ताक्षरित माग पत्रमा क्याम्पसको सरसफाइ, अतिरिक्त क्रियाकलाप, परिछा, प्रकासनको समय, सेनेटरी प्याड लगायतका विषय बस्तुको सहाज प्राप्ती एवं ब्यवस्थापनका लागि माग गरिएको छ ।
“हाम्रो क्याम्पसमा तीनवटा अनिवार्य विषय र दुईवटा मेजर विषय गरी पाँचवटा विषय पढाइ हुन्छन । जसमध्ये दुईवटा विषय क्याम्पसको पुस्तकालयले उपलब्ध गराई रहेको छ तर अन्य विषयहरू पढ्न विद्यार्थीहरूलाई गाह्रो भएकोले तीनवटै अनिवार्य पुस्तक क्याम्पसको पुस्तकालयबाट उपलब्ध गराउन हन” पहिलो बुदामा राखिएको छ ।
यस्तै अंग्रेजी प्रश्नपत्रका कारण भाषा नबुझेर विद्यार्थीहरु फेल हुने गरेको हुनले मध्यपश्चिम विश्वविद्यालय संग अंग्रेजी नेपाली दुईवटै माध्यमबाट प्रश्नपत्र छाप्न विशेष पहल गराउने, छात्राहरुलाइ सेनिटरी प्याडको सहज तरिकाले व्यावस्था मिलाउन साथै हप्तामा दुई पटक शौचालय लगायत कक्षाकोठा अनिवार्य सरसफाइ गराउने, क्याम्पस भित्रका बगैंचा र गमलाहरु व्यावस्थित र आकर्षक गराउने माग पत्रमा उल्लेख गरिएको छ।
समयमा परिक्षा फर्म नखुल्ने, रुटिङ नआउने रिजल्ट नआउने पहिलो सेमेस्टरको रिजल्ट तेस्रो सेमेस्टरमा पुगेपछि आउने जस्ता समस्याहरुको समाधान गर्न अनुरोध गरिएको छ ।
विद्यार्थीका विभिन्न रुचि र क्षमता प्रदर्सन गर्न खेलकुद संग विद्यार्थीलाई क्याम्पसको स्तरीय खेल संग जोड्ने साथै खेलकुद सामाग्री उपलब्ध गराउने, छात्रवृत्ति पास हुने विद्यार्थीलाई मात्र नभई गरिब जेहन्दार, दलित, जनजाति, कमैया, मुस्लिम, घाइते अपांग, दण्डपीडित पिछडिएका वर्गको पहिचान गरि वितरण गर्न समेत माग पत्रमा जनाइएको छ । माग पत्रमा उल्लेख गरिएका बिसय बस्तु बिद्यार्थी तथा क्याम्पसको समग्र हितका लागि रहेकोले माग पूरा हुने अपेक्षा गरिएको सयोजक बनियाले बताउनु भयो ।




