बर्दिया, माघ १७ गते / नेपाल निजामति कर्मचारी युनियन बर्र्दियाको अध्यक्ष पदमा सर्वसम्मले दीपक कुमार थापा निर्विरोध निर्वाचित भएका छन ।

आज माघ १७ गते बर्दियाको गुलरिया स्थित जिल्ला समन्वय समिति बर्दिको सभा हलमा भएको ९ औं अधिवेशनबाट थापा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत माधवराज ढकालले जानकारी दिएको छ ।

यसै गरि आजै भएको अन्य पदहरुमा खुला उपाध्यक्षमा विजय कुमार धामी, महिला उपाध्यक्षमा छाँया पछाई, समावेशी उपाध्यक्षमा वासुदेव थारु, सचिव पदमा रणबहादुर रावत, सहसचिव पदमा सुनिल थारु, कोषाध्यक्ष पदमा संजिव रेग्मी सर्वसम्मतले निर्वाचित भएको निर्वाचन अधिकृत ढकालले बताए ।

यसै गरि सदस्य पदहरुमा श्रषिराज शर्मा, बलबहादुर खत्री, उमेश बहादुर शाहि, रविन्द्र न्यौपाने, राम बहादुर कार्की, कालिराम थारु, पन्न ऐडी, पार्वती पण्डित, पार्वती पौडेल, बृजबहादुर थारु र चक्रमणि चौधरी निर्विरोध निर्वाचित भएका छन ।

साथै नेपाल निजामति कर्मचारी युनियन बर्दिया जिल्लाबाट प्रदेश अधिवेसन प्रतिनिधिका लागि बिष्णु प्रसाद ज्ञवाली, देवेन्द्र प्रसाद चौलागाई, नारायण प्रसाद खनाल, सरोज पौडेल, र गीता घिमिरे निर्विरोध निर्वाचित भएका छन भने केन्द्रिय महाधिवेसन प्रतिनिधिहरुमा राजेन्द्र प्रसाद सुवेदी, काशिराम गौतम, विरेन्द्र रावत, दीपक गौतम र नैनसरा वली निर्विरोध निर्वाचित भएको समेत निर्वाचन अधिकृत ढकालले जानकारी दिए ।





