बर्दिया(बारबर्दिया) माघ १५ गते / बारबर्दिया नगरपालिका बडा नं ५ को बडा कार्यालय भवन आज माघ १५ गते एक कार्यक्रममा बिच भवनको उद्घाटन भएको छ ।


बारबर्दिया नगरपालिका को आयोजनामा आज मिति बडा नं ५ को निर्माण सम्पन्न बडा कार्यालय भवनको बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारुले भवनको उद्घाटन गर्नुभएको हो । बाडको भवन निर्माण संगै बाड बासीले बाडको आफ्न भवनबाट स्थानीय सेवाग्राहिले सेवा पाउने बारबर्दिया नगरपालिका बाड नं ५ का बडा अध्यक्ष लाल बहादुर थारुले बताए । आफ्नै बाड भवन बने संगै स्थानीय सुलभ तरिकाले कर्मचारीलाई सेवा दिन सहज हुने र स्थानीय बासिलाइ सेवा लिन समेत सहज रहने बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारुले बताए । बाड कै भवनबाट सेवा दिने क्रममा बाडका पालिकाका कर्मचारीले अबका दिनमा झनै राम्रो सेवा दिने समेत नगरप्रमुख थारुले भने ।

भवन उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रत्न कुमारी पाण्डे, बारबर्दिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य, नगर प्रवक्ता सिताराम योगि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय रितिरिवाज अनुसार परम्परागत रुपमा गुरुवा प्रति रहिआएको आमसमुदायको विस्वासका आधारमा गुरुवाहरु वाट नवनिर्मित वडा कार्यालय भवनको विधिपुर्वक सुद्धिकरण समेत गरिएको थियो ।




