• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन मन्त्री पौडेलको अनुरोध

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ ११, शुक्रबार २१:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, माघ ११ गते / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन अनुरोध गरेका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जोखिम बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको भन्दै किशोरीलाई खोप लगाउन अनुरोध गरेका हुन् । उनले प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने धारणा राखे ।

    “सरकारको नीति तथा कार्यक्रममा एचपीभी खोप ल्याउने योजना बनाए अनुरुप खोप ल्याएर देशैभर अभियान सञ्चालन गरिरहेका छौँ”, उनले भने, “यो अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विविध कारणले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका सम्पूर्ण किशोरीलाई स्वास्थ्य सेवा विभागमार्फत खोप दिन थालिएको छ ।”

    मन्त्री पौडेलले आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित अभियानमार्फत खोप दिइने बताए । उनले यस अभियानलाई सफल बनाउन सबैको सहभागिता आवश्यकता पर्ने बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत सम्बन्धित सबैको सहभागिता लागि आह्वान गरे ।

    मन्त्री पौडेलद्वारा जारी विज्ञप्तिमा विद्यालय केन्द्रीत खोप केन्द्रबाट उपलब्ध गराइने भएकाले लक्षित समूहका किशोरीहरूले आआफ्नो विद्यालय वा नजिकको विद्यालयमा खोप लगाउन अनुरोध गरिएको छ ।

    किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई विद्यालयमा गएर खोप लगाइने मन्त्रालयले जनाएको छ ।

    Post Views: 307
    प्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार २१:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.