• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लागुऔषध बेचबिखन र सेवनकर्ता विरुद्ध विद्यार्थीहरुका लागी सचेतना कार्यक्रम

  •  संजय आचार्य
  • २०८१ माघ १०, बिहीबार ०९:२१ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ १० गते / बर्दियामा पछिल्लो अवस्थामा समुदाय स्तरमा लागुऔषध प्रयोगकर्ता हरुको संख्या दिनानु दिन बढ्दै गएको छ । समय समयमा सरोकारवाला संस्थाहरुले जनचेतना मूलक कार्यक्रम हरु गर्दै पनी आएका छन । जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि लागुऔषध बेचबिखन तथा सेवनकर्ता विरुद्धको अभियान यसै समय सञ्चालन गरिरहेको छ।

    यसै सन्दर्भमा माघ ९ गते बुधबार विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध न्यूनिकरण को लागि बर्दियाको गुलरियामा बुधवार जनचेतामूलक कार्यक्रम सम्पन गरिएको हो। बर्दिया सामुदाय प्रहरी साझेदारीको सहकार्य तथा गुलरिया नगरपालिका वडा नं ४ को आयोजनामा तुलापुरको कोटही माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई लागुऔषध प्रयोग र यसबाट हुने हानी बारे जानकारी गराइएको थियोे । विद्यालय भवनमा भएको कार्यक्रममा विद्यालयका भाई बहिनी हरुलाई  घरेलु झै झगडा तथा लागूऔषध का साथै कुलतमा कसरी परिन्छ, यसवारे भिडियो मार्फत जानकारी गराइएको थियो।

    कार्यक्रमका गुलरिया नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र गौतमले बालवालिकाको भावी भविष्य लाई मध्यनजर गरी लागूऔषध विरुद्धको सचेतना कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। अध्यक्ष गौतमले विद्यार्थि भाइ बहिनीहरुलाई आफूपनी कुलतमा न लाग्ने र अरुलाई पनि लाग्न नदिन सुझाव दिनु भयो । हामी सबै एक जुट भई लागूऔषध बेचबिखन र सेवनकर्ता विरुद्ध लाग्नु पर्छ ” गौतमले बताए।

    सबै सरोकारवाला हरुको साथ र सहयोग लिदै आगामी दिनमा अझै ससक्त रुपमा यस्ता सचेतनाका कार्यक्रमहरु विद्यालय लगायत  समुदाय स्तर मा लाने गौतमले बताउनु भयो।

    प्रशिक्षकको रूपमा रहनु भएको बर्दिया सामुदायिक प्रहरी साझेदारी शाखा प्रमुख मिना तामाङ्गले लागू औषध तथा यसको रोकथाम का बारेमा जानकारी गराउनु भएको थियो। तमाङ्गले विधार्थि भाई बहिनीहरुलाई वर्तमान अवस्थामा विद्यमान कानुन र सजाय बारे समेत जानकारी गराउनु भएको थियो।

    कार्यक्रममा अर्का प्रशिक्षक ले विगतमा आफू सानै उमेरमा कुलतमा फसी कसरी आफूलाई हानी पुऱ्याए र कसरी छुटकारा पाए भन्ने आफ्नै उदाहरण पूर्व लागुऔषध सेवनकर्ता प्रशन्न ज्ञवालीले विद्यालयका भाई बहिनी हरुलाई जानकारी दिनु भयो। ज्ञवालीले गलत खानपीन तथा गलत व्यवहारले सधै आफू मात्र नभई परिवार र समाजलाई नै हानी पुऱ्याउने बताउनु भयो।

    कार्यक्रममा आफ्नो भनाई राख्दै वडा नं ४ का वडा सचिव विश्व प्रकाश शर्माले  यूवा पुस्तामा लागू औषध को  प्रयोग बढ्दो क्रम भएको हुनाले स्थानिय स्थानिय स्तरमा अभिभावक, शिक्षक, जनप्रतिनिधी लगायत  सबै सरोकारवालाहरु ले यस तर्फ ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

    कार्यक्रममा गुलरिया नगरपालिका वडा नं ४ का वडा सदस्य इस्राइल बेहना, अजमेर अली नाउ, विद्यालयका सहायक प्रधानाध्यापक रेखा केसी लगायतको उपस्थिति थियो।

    Post Views: 419
    प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार ०९:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.