गेरुवा, पुस २५ गते / बर्दियाको गेरुवा गाउँपालिका ५ सुखार गाउँमा रहेको नवज्योति प्राथमिक विद्यालय प्राङ्गणमा रहेको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन तथा मन्दिर निर्माणमा सहयोग गर्ने शिक्षा प्रेमीहरुलाई सम्मान गरिएको छ । नवज्योति प्राथमिक विद्यालयले पुस २३ गते मंगलबार आयोजना गरेको एक औपचारिक कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केशी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले संयुक्त रुपमा विद्यालय प्राङ्गणमा रहेको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गर्नुभएको हो ।

यस्तै विद्यालय परिसरमा रहेको नवनिर्मित सरस्वती मन्दिर निर्माणमा सहयोग गर्ने शिक्षाप्रेमीहरुलाई प्रमुख अतिथी, विशेष अतिथीसहित गाउँपालिकाका वडा अध्यक्षले सम्मान गर्नुभएको हो । विद्यालयले आयोजना गरेको कार्यक्रममा शैक्षिक गुणस्तरसंगै विद्यार्थी संख्या बढाउन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाले आग्रह गर्नुभएको छ ।

विद्यालय परिसरमा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन तथा सम्मान कार्यक्रममा विद्यालय हाता भित्र नवनिर्मित सरस्वती मन्दिर निर्माण तथा मन्दिर भित्रको मुर्ति स्थापनामा सहयोग गर्नु हुने सम्पुर्णमा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केशीले धन्यवाद व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश रावतको पहलमा नवज्योती प्राथमिक विद्यालय परिसरको सरस्वती मन्दिर निर्माणमा स्थानीय समाजेवी तथा शिक्षाप्रेमीहरुको आर्थिक सहयोग तथा मन्दिर भित्र गेरुवा गाउँपालिका ५ का स्वर्गिय गगनसिँह कुंवरका छोराहरु तर्क बहादुर कुंवर र शेर बहादुर कुंवरले आर्थिक सहयोग गरि मुर्ति स्थापना गर्नुभएको हो ।

गेरुवा गाउँपालिका ५ सुखार गाउँमा रहेको नवज्योती प्रथमिक विद्यालय प्राङ्गणमा रहेको सरस्वती मन्दिर उद्घाटन तथा मन्दिर निर्माणमा सहयोग गर्ने समाजसेवीलाई सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केशी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रशासकीय अधिकृत नर बहादुर चन्दको सहभागिता रहेका थियो ।
यस्तै वडा नम्बर ५ का वडाअध्यक्ष धर्म प्रकाश चौधरी, गाउँपालिकाका निर्वतमान उपाध्यक्ष हेम कुमारी चौधरी, शिक्षाप्रेमी समाजसेवी प्रेम बहादुर रावल, गेरुवा गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष दयाराम वैध, पालिका भित्रका प्रधानाध्यापक तथा शिक्षक एवं शिक्षाप्रेमी, समाजसेवी, स्थानीय अभिभावक लगायतको सहभागिता रहेको थियो ।




