• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कांग्रेसलाई समुदाय केन्द्रित बनाउनु पर्नेमा महामन्त्री थापाको जोड

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष १७, बुधबार २१:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन, पुस १७ गते / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । प्राडा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको आज यहाँ विमोचनपछि सम्बोधन गर्दै उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताएका हुन् ।

    उनले भने, “जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशिर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ ।” कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा  युवापुस्ताको आकर्षण बढ्ने उनले बताए । उनले थपे, “पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौँ त्यसरी नै समाजमा फर्काउन आवश्यक छ ।”

    कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्रा डा अधिकारीले जीवनमा देश र पार्टीका लागि पु(याउनु भएको योगदानको चर्चा गरे । सो अवसरमा अधिकारीका भाइ प्रकाश अधिकारीले आफ्नो दाजुले लोकतान्त्रिक समाजवादका लागि प्राज्ञिक क्षेत्रबाट पुर्याएको योगदान र उनको जीवनीका बारेमा जानकारी गराए ।

    प्रजातन्त्र संवर्द्धन केन्द्रका अध्यक्ष डा जगदीश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, समीक्षक रामबाबु घिमिरे, डा गोपाल शिवाकोटी, भुवन थपलिया अधिकारीले पुस्तक र प्रा डा अधिकारीका बारेमा आफ्नो धारणा राखेकाथिए । थपलियाले पुस्तकको संयोजन गरेका हुन् भने प्रा डा नारायणप्रसाद खनालले सम्पादन गरेका हुन् ।

    पुस्तक प्रजातन्त्र सम्वर्द्धन केन्द्रले प्रकाशन गरेको हो । ६७ वटा लेख एवं कविता पुस्तकमा समावेश छन् । ती सबै प्राडा अधिकारी र लोकतन्त्रसँग सम्बन्धित छन् ।

    पाँच सय २८ पृष्ठको पुस्तकको मूल्य रू ७०५ राखिएको छ । विसं २००९ चैत २३ गते पर्वतमा जन्मिएका अधिकारीले नेपाली कांग्रेसको विदेश नीतिमा विद्यावारिधि गरेका छन् । उनका १० वटा पुस्तक प्रकाशित छन् ।

     

     

    Post Views: 149
    प्रकाशित मिति: २०८१ पुष १७, बुधबार २१:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.