बर्दिया, पुस १७ गते / बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ र २ को सिमाना खैरापुर बजारमा अवस्थित राधाकृष्ण श्रृगारिक महा आरती सँगै धर्म जागरण सप्ताह महा महोत्सव गरिने भएको छ । माघ १२ गतेदेखि शुरु हुने धार्मिक महायज्ञ १८ गते ७ दिन सम्म चल्नेछ ।

धर्म जागरण गर्दै खैरापुर बजारको चोकमा अवस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास, जग्गा खरिद सँगै अक्षयकोष स्थापनार्थ साप्ताहिक धार्मिक अनुष्ठान गरिने भएको मूल समारोह समितिका अध्यक्ष पार्वती अधिकारीले जानकारी दिनुभएको छ । धार्मिक यज्ञमा सिद्ध श्रृगारिक महा आरती दर्शन, सुसंस्कारित समाज निर्माण, राष्ट्रिय कलाकारद्वारा भजन, किर्तन, प्रर्वचन, झाँकी प्रर्दशन, बाल संस्कार लगायतका जनजागरण कार्यक्रम हुने अध्यक्ष अधिकारीले बताउनु भएको छ
सडक किनारमा अवस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकासको लागि तन, मन, धन एवम् श्रद्धा भक्तीका साथ धार्मिक समारोहलाई सहयोग गर्न राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुब्बा प्रसाद सिटौलाले अनुरोध गर्नु भएको छ । उहाँले सबैलाई महा आरतीमा सहभागी हुन निमन्त्रणा समेत गर्नुभएको छ । कार्यक्रमको तयारीको लागि बिहिबारदेखि सचिवालय स्थापना गरिने समितिकी सदस्य राधा पौडेलले चुरेकुञ्जलाई जानकारी दिनु भएको छ । धार्मिक महोत्सवको बारेमा आवस्यक जानकारी दिन सचिवालयमा सम्पर्क गर्न मूल समारोह समितिका महा निर्देशक राम सुमिरन यादवले आग्रह गर्नुभयो ।




